साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार  पोखरेलका हातबाट स्रष्टाहरूले टीका जमरा ग्रहण गरे

चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता, प्रतिष्ठित विद्वान कोशराज नेउपानेको प्रमुख आतिथ्य र सम्मानित व्यक्ति कोमलप्रसाद पोखरेलको आसनग्रहण भएर कार्यक्रम सुरु भएकाे थियो ।

Nepal Telecom ad

झापा, २०८२ असाेज २० । साहित्य चौतारीले कोजाग्रत पूर्णिमाका दिन सकेसम्म अग्रज र प्रतिष्ठित साहित्यकारका घरमा गई कार्यक्रमसहित टीका, जमरा र आशीर्वचन ग्रहण गर्ने कार्यक्रमको लागि यो पल्ट प्रसिद्ध साहित्यकार कोमलप्रसाद पोखरेलका हातबाट ग्रहण गर्ने कार्यक्रम सम्पन्न भयाे ।

कार्यक्रम कनकाई नगरपालिका–३, सुरुङ्गामा कोमलप्रसाद पोखरेलका घरकै कक्षमा आयोजित थियो ।

चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता, प्रतिष्ठित विद्वान कोशराज नेउपानेको प्रमुख आतिथ्य र सम्मानित व्यक्ति कोमलप्रसाद पोखरेलको आसनग्रहण भएर कार्यक्रम सुरु भएकाे थियो ।

चौतारीका उपाध्यक्ष हिम्मत नेम्बाङको स्वागत मन्तव्य, सचिव तुलसी निरौलाको सन्चालनमा भएको कार्यक्रममा चौतारीको स्वागत गीत अध्यक्ष देवीभक्त श्रेष्ठ र सदस्य मनिषा भट्टराईको स्वरमा प्रस्तुत भयो ।

कोमलप्रसाद पोखरेलको व्यक्तित्व साहित्यकार हरिनारायण भट्टराईले प्रस्तुत गर्नुभयो । सम्मानित व्यक्ति कोमलप्रसाद पोखरेलले उपस्थित स्रष्टाहरुलाई टीका, जमरासहित आशीर्वचन प्रदान गरेपछि स्रष्टाहरु जीवनाथ सुवेदी, अनिरुद्र ओली, कनकाई मा.वि.का प्रअ कर्णबहादुर डाँगी, प्रेमप्रकाश फलाहारी, पुण्यप्रसाद खरेल, कोमलगुरुकै छोरी पुष्ष्पादेवी पोखरेलले गुरु कोमलप्रसाद पोखरेलको सुस्वास्थ्य, दीर्घायुको कामना तथा कार्यक्रम आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कवि मिना अधिकारी, चित्रा पौडेल, कल्पना भट्टराई आदिले कविता सुनाउनु भयो भने बिचबिचमा अध्यक्ष देवीभक्त श्रेष्ठ तथा मनिषा भट्टराईले राष्ट्रिय गीत तथा भजन सुनाएर कार्यक्रमलाई रसिलो बनाउनुभयो ।

अन्तमा सम्मानित व्यक्तित्व कोमलप्रसाद पोखरेल तथा प्रमुख अतिथि कोशराज नेउपानेले सारगर्भित मन्तव्य राख्नुभयो, अध्यक्ष देवीभक्त श्रेष्ठले उपस्थित तथा सहभागी सबैलाई धन्यवाद दिएर आफ्नो छोटो भनाइसहित आजको कार्यक्रम समापन गर्नुभयो ।

कार्यक्रममा उपर्युक्त व्यक्ति–स्रष्टाका अतिरिक्त कवि भवानी क्षेत्री, राजु तिमसिना, केशव आचार्य, भरत प्रसाईं, विष्णु पोखरेल, गौरव श्रेष्ठ, कुमार श्रेष्ठ, चन्द्र प्रसाईं, गणेश पोखरेल, सतिस निरौला, तीर्थ पोखरेल, गोपालप्रसाद सङ्ग्रौला, कोमलगुरुका छोराछोरी, बुहारी, नाति–नातिनीहरु उपस्थित हुनुहुन्थ्यो ।

०००
पुण्यप्रसाद खरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x