साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यिक सम्मान संगमद्वारा गाैतम र मधिकर्मी सम्मानित

साहित्यिक सम्मान संगम–२०५० द्वारा आयोजित उक्त कार्यक्रममा ‘ग्वङ्ग सिरपा सम्मान–२०८२’ प्राध्यापक डा. लक्ष्मणप्रसाद गौतम र ध्रुव मधिकर्मीलाई प्रदान गरिएको हो।

Nepal Telecom ad

भक्तपुर, २०८२ कात्तिक १०। भक्तपुरको सूर्यविनायकस्थित भक्तपुर पार्टी भेन्युमा आयोजित एक समारोहमा दुई स्रष्टालाई नगद पुरस्कारसहित सम्मान गरिएको छ।

साहित्यिक सम्मान संगम–२०५० द्वारा आयोजित उक्त कार्यक्रममा ‘ग्वङ्ग सिरपा सम्मान–२०८२’ प्राध्यापक डा. लक्ष्मणप्रसाद गौतम र ध्रुव मधिकर्मीलाई प्रदान गरिएको हो।

कार्यक्रम संयोजक ओम श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, संरक्षक तेजेश्वरबाबु ग्वङ्ग, प्रा. डा. अभि सुवेदी, प्रा. डा. गोविन्दराज भट्टराई र रोचक घिमिरेलगायतका वक्ताहरूले शुभकामना मन्तव्य दिनुभएकाे थियाे।

विशिष्ट अतिथि माथेमाले सम्मानपत्र प्रदान गर्नुभएकाे थियाे भने संरक्षक तेजेश्वरबाबु ग्वङ्गले दुबै स्रष्टालाई जनही नगद ५० हजार पाँच रुपैयाँसहित सम्मान गर्नुभएकाे थियाे ।

सम्मानित स्रष्टा गौतम र मधिकर्मीले आफूहरूलाई प्रदान गरिएको सम्मानले नेपाली भाषा र साहित्यको सेवामा अझ प्रेरणा र जिम्मेवारी थपिएको बताउनुभएकाे छ ।

कार्यक्रममा सम्मानित स्रष्टाहरूका बारेमा साहित्यकार मुकुन्द शर्माले चर्चा गर्नुभएकाे थियाे भने सञ्चालन जितेन्द्र रसिकले गर्नुभएकाे थियाे ।

०००
माधव गाेज्याङ्ग्रेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x