साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दिएर जन्म मातृले

अहा ! छ धन्य मातृको विशिष्ट योग्य जीवन हुँदैन सृष्टि लोकमा यिनीबिना उँचो जन गरेर मातृ भक्तिले बनी सदैव सेवक पखाल्नुपर्छ भार यो बनौँ सबै सचेतक ।।

Nepal Telecom ad

कविराज घिमिरे :

न रात हुन्छ रातझैँ बिहान मध्य साँझ झन्
बिनामिठासका भई खडा हुँडल्न मात्र छन्
व्यथा खपेर गर्भको मडारिएर दर्दले
अचानु भुल्छ दुःख के भुलेर बस्छ कर्दले ।। १

छ बारबार वाक्कको भिडन्त फ्याँक्न भोजन
गयो मुहार न्यास्रिँदै दिँदै दिँदैन शोभन
कवाज खेल्छ पेटमा नसम्झ यो न चौर हो
सुखान्तनिम्ति दर्दको थियो प्रगाढ भार यो ।। २

व्यथा प्रसूतिको कडा न बाँच्नु मर्नुको निधो
छ धारमाथि जिन्दगी विचेतिएर ब्युझियो
छ छ्याल्लब्याल्ल रक्तको अशान्तसाथ पोखरी
दिएर जन्म मातृले गरिन् अनन्त चाकरी ।। ३

सुताउने उठाउने खुवाउने चुठाउने
फुलाउने झुलाउने नुहाउने चुसाउने
अनेक ख्याल गदर्छिन् सदैव बाल देहमा
समस्त गर्छ को अरू ? मुमा सिबाय गेहमा ।। ४

यसै छ सेकतापले महत्त्व झन् शरीरको
भनिन्छ स्वर्गझैँ हुने अशेष प्रेम काखको
झनै छ दुग्धको ठुलो महत्त्व राख्छ गौरव
दिमाग तेजिलो बनी हुनेछ बाल सौरभ ।। ५

अहा ! छ धन्य मातृको विशिष्ट योग्य जीवन
हुँदैन सृष्टि लोकमा यिनीबिना उँचो जन
गरेर मातृ भक्तिले बनी सदैव सेवक
पखाल्नुपर्छ भार यो बनौँ सबै सचेतक ।। ६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x