साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूपिनको निबन्धकृति ‘मध्यको उज्यालो’ सार्वजनिक

साहित्यकार गोविन्दराज विनोदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुस्तकबारे चर्चा गर्दै समालोचक सामना पहाडले ‘मध्यको उज्यालो’मा निबन्धकार र पाठकबीचको दूरी हराएको बताउनुभयाे ।

Nepal Telecom ad

चितवन, २०८२ कात्तिक १६ । लेखक भूपिन खड्काको नयाँ निबन्धसङ्ग्रह ‘मध्यको उज्यालो’ गैंडाकोटमा आयोजित समारोहमार्फत सार्वजनिक गरिएको छ।

बुक हिल प्रकाशनबाट प्रकाशित उक्त कृतिमा चिन्तन, सम्झना र पर्यावरण/यात्रा गरी तीन खण्डमा विभाजित २० निबन्धहरू समावेश छन्।

साहित्यकार गोविन्दराज विनोदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुस्तकबारे चर्चा गर्दै समालोचक सामना पहाडले ‘मध्यको उज्यालो’मा निबन्धकार र पाठकबीचको दूरी हराएको बताउनुभयाे । उहाँले भन्नुभयाे, “निबन्धमा पाठकका आफ्नै अनुभूति भेटिन्छन्, जसले पाठकलाई प्रत्यक्ष संवादमा बाँध्छ।”

कार्यक्रमका अर्का समीक्षक एकनारायण पौडेलले भूपिनको लेखनशैली र विचारगत परिपक्वता अघिल्ला कृतिहरूभन्दा अझ सशक्त रूपमा प्रस्तुत भएको उल्लेख गर्नुभयाे । उहाँले पुस्तकले लेखकको वैचारिक विस्तार र भाषिक सौन्दर्य दुवैको सन्तुलन राखेको बताउनुभयाे ।

भूपिन खड्का कविता, निबन्ध र उपन्यास लेखनमा सक्रिय स्रष्टा हुनुहुन्छ । यसअघि उहाँका तीन कवितासङ्ग्रह, एक निबन्धसङ्ग्रह र एक उपन्यास प्रकाशित भइसकेका छन्।

‘मध्यको उज्यालो’ उहाँले पछिल्ला वर्षहरूमा गर्नुभएकाे जीवन, प्रकृति र समाजप्रतिको गहिरा चिन्तनको संग्रह हो, जसलाई समकालीन नेपाली निबन्धलेखनमा उल्लेखनीय योगदानको रूपमा लिइएको छ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x