साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उनी (आमा)

सम्पदा भुवनकी महकीय शास्त्रझैँ सुमन यी मननीय छैन राग फजिती शुभनामा श्रेष्ठ हुन् सफलता गुरु आमा।।

Nepal Telecom ad

कविराज घिमिरे :

व्यक्त छन् सुरसिला नव वाणी
मुक्त छन् कपटका क्षण खाली
शुद्ध भाव मनमा उनका छन्
मातृ लोकभरिकै हँसिली हुन् ।। १

छैन शोक दिलमा सुख बोल्छ
धीर चित्त झुसिँदा बह खोल्छ
भूमिझैँ छ सहने गति चाल
हुन् उनी सकलमा सहकाल ।। २

खोट छैन शिरमा मन शान्त
सौख्य छन् कति मिठा प्रिय कान्त
धन्य धन्य जननी गृहशोभा
छन् तिमी सँग नियाँ जनसेवा ।। ३

सार हुन् जनककी दृढ रश्मि
शक्ति हुन् अटल यी र तिलस्मी
सृष्टिकी धवल हुन् हितकारी
चित्तकी भगवती सुकुमारी ।। ४

सम्पदा भुवनकी महकीय
शास्त्रझैँ सुमन यी मननीय
छैन राग फजिती शुभनामा
श्रेष्ठ हुन् सफलता गुरु आमा।। ५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x