फित्काैली डटकमसोह्रौँ देवकोटा काव्य महोत्सव मनाउँदै दुई स्रष्टा सम्मानित/पुरस्कृत
संस्थाका प्राचार्य रवीन्द्रजङ् थापाको सभापतित्व, प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गा उप्रेतीको प्रमुख आमन्त्रित आतिथ्य, सम्मानित अग्रज व्यक्तित्व जगतप्रसाद उपाध्याय, श्रीमती विष्णुप्रभा उपाध्याय, युवा व्यक्तित्व सुदेश सत्याल, व्यक्तित्व परिचायकद्वय- हेमनाथ पौडेल हुनुहुन्थ्याे ।

काठमाडाैं, २०८२ मङ्सिर १२ । रिलायन्स इन्टर नेसनल कलेज कपनले सोह्रौँ देवकोटा काव्य महोत्सव मनाउँदै दुई स्रष्टा सम्मानित/पुरस्कृत गरेकाे छ भने उपत्यका अन्तर वक्तृत्व कलामा पाँच विद्यार्थीहरू पुरस्कृत गरिए !
संस्थाका प्राचार्य रवीन्द्रजङ् थापाको सभापतित्व, प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गा उप्रेतीको प्रमुख आमन्त्रित आतिथ्य, सम्मानित अग्रज व्यक्तित्व जगतप्रसाद उपाध्याय, श्रीमती विष्णुप्रभा उपाध्याय, युवा व्यक्तित्व सुदेश सत्याल, व्यक्तित्व परिचायकद्वय- हेमनाथ पौडेल (जगतकाे), रूपक अलङ्कार (सुदेशको), पुरुषोत्तम दाहाल, दामोदर निरौला, राजु सिवाकोटी, निबन्ध आचार्य, नन्दु कुसुवाह, कलानिधि दाहाल, ज्ञानु विद्रोही, देवु लुइटेल, मित्रलाल पङ्गेनी रहे भने सटिक उद्घोषक श्रीधर पौडेल रहे ।
पानसमा दीपोज्वलन, राष्ट्रिय गान लगत्तै साहित्य क्षेत्रका संयोजक दामोदर निरौलाले स्वागत मन्तव्य दिए।
यसपछि वक्तृत्वकलाका विद्यार्थीहरूले क्रमश:आफ्ना मन्तव्य राखे। सम्मानित/पुरस्कृतद्वयको व्यक्तित्व परिचय दिएपछि उनीहरूलाई दोसल्ला ओढाएर क्रमश: ३५ हजार र १५ हजारले पुरस्कृत गरियो।
विजयी विद्यार्थीलाई शान्त्वना हुने दुईलाई २ हजार ५ सय, तेस्रोलाई ५ हजार, दोस्रोलाई ७ हजार र प्रथमलाई १० हजार रूपैयाँ परस्कार प्रदान गरियाे।
शुभकामना मन्तव्य पुरुषोत्त दाहालको रह्यो भने रचना वाचकमा-जगत प्रसाद उपाध्याय, सुदेश सत्याल, ज्ञानु विद्रोही, रूपक अलङ्कार, केशव भट्टराई, सन्तोष श्रेष्ठ, देवु लुइटेल, कल्पना भट्टराई रहे।
साँढे एघार बजेबाट सुरु भएको कार्यक्रम सकिँदा साँढे तीन बजेको थियो।
०००
कलानिधि दाहालकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































