साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उदयपुर साहित्य कला प्रतिष्ठानद्वारा दुई पुस्तक विमोचन

उदयपुर साहित्य कला प्रैतिष्ठानको आयोजनामा भएको सो कार्यक्रममा स्रष्टाहरुद्वय पुण्य कार्की र धन कुमार श्रेष्ठको निबन्ध संग्रह जराको शक्ति र जीवन दृष्टिको स्रष्टाहरुले सामुहिक रुपमा विमोचन गरेका छन् ।

Nepal Telecom ad

उदयपुर, २०८२ मङ्सिर १२ । उदयपुरको गाईघाटमा शुक्रबार उदयपुर साहित्य कला प्रतिष्ठानले नेपाल निजामती कर्मचारी संगठनको सभाकक्षमा दुई पुस्तक विमोचन भएको छ ।

उदयपुर साहित्य कला प्रैतिष्ठानको आयोजनामा भएको सो कार्यक्रममा स्रष्टाहरुद्वय पुण्य कार्की र धन कुमार श्रेष्ठको निबन्ध संग्रह जराको शक्ति र जीवन दृष्टिको स्रष्टाहरुले सामुहिक रुपमा विमोचन गरेका छन् ।

प्रख्यात निबन्धकार पुण्य कार्कीको निबन्ध संग्रह जराको शक्ति माथि नन्दलाल आचार्यद्धारा तयार पारिएको समीक्षात्मक टिप्पणी साहित्यकार हरिविनोद खतिवडाले वाचन गरेर सुनाउनु भएको थियो भने वरिष्ठ पत्रकार कौशल चेम्जोङले पनि जराको शक्तिको संक्षिप्त समीक्षा गर्नु भएको थियो । शारदाप्रसाद भट्टराई डा कैलाश कुमार राई,महेन्द्र कुमार राई लगायतका वक्ताहरुले पनि सो पुस्तकका बारेमा संक्षिप्त टिप्पणी गरेका थिए ।

यसैगरी स्रष्टा धन कुमार श्रेष्ठको निबन्ध संग्रह जीवन दृष्टिको बारेमा हरिविनोद खतिवडा, कौशल चेम्जोङ, पुण्य कार्की, शारदा प्रसाद भट्टराई लगायतका स्रष्टाहरुले आ आफ्‌नो दृष्टिकोण प्रस्तुत गरेका थिए ।

उदयपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष डा.कैलाशकुमार राईको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतिष्ठानका महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले स्वागत मन्तव्य गर्नु भएको थियो भने कार्यक्रम संचालन प्रतिष्ठानकी सचिव सरिता पौडेल गुरागाईले गर्नु भएको थियो ।

कार्यक्रममा नव पुस्ताका कविहरु जोया कटुवाल, नवीन बुढाथोकी श्रीकाजी, अनिल घिमिरे तथा हर्कनारायण श्रेष्ठ, कीर्ति बहादुर खड्का लगायतक कविहरुले रचना वाचन गरेका थिए ।

०००
माधव पोखरेल गोज्याङ्ग्रेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Khatiwada Harisharan
Khatiwada Harisharan
4 months ago

अत्यन्त राम्रो कार्यक्रम!

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x