साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश -६१)

शिक्षा ज्ञान लिई चढेर नभमा मोती टिपी आउनू । सङ्ला कर्म टिपेर मानव बनी संसारमा छाउनू ।। दिन्छन् योग्य विचार चढ्न नभमा आफू सुमार्गी बने । पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

धेरै लोभ र द्वेष, राग रिपु हुन् टाढा सधैँ राख है ।
सेवा, कर्म, परोपकार गुण हुन् छातीविषे डाक है ।।
यस्ता वृद्ध सुयोग्य कर्म पथ छन् दुख्नेछ त्याग्यो भने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।९६।।

कस्ता कर्म गरे चढिन्छ नभमा अग्लो उज्यालो मिली
कस्ता कर्म गरे गिरिन्छ क्षितिमा?सङ्कष्ट लाग्छन् फुली ।।
यस्ता ज्ञान सिकेर बन्न मनुवा सद्भाव जाग्यो भने
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।९७।।

एकैनाश रहन्न हेर धरणी यी याम ता भिन्न छन्।
यस्तो ज्ञान टिपेन नित्य दिलले बन्नेछ ऊ खिन्न झन्।।
पाकासाथ गएर ज्ञान बटुलोस् को दुख्छ ज्ञानी बने ?
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।९८।।

चौडा वक्ष बनाउँदै उठ भनी पाकाहरू भन्दछन् ।
शिक्षा त्याग गरे भने मनुजले ती ज्ञानमा मन्द छन्।।
ज्ञानी बन्न विचार सद्गुण हुने पाका पुजारी बने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।९९।।

शिक्षा ज्ञान लिई चढेर नभमा मोती टिपी आउनू ।
सङ्ला कर्म टिपेर मानव बनी संसारमा छाउनू ।।
दिन्छन् योग्य विचार चढ्न नभमा आफू सुमार्गी बने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।१००।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x