साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उज्यालो शक्ति

एकछिन रोकिए, गुरुले मार्करका सहायताले बोर्डमा एउटा ठूूलो घाम बनाउनुभयो । “अध्यापन त्यो घामजस्तै हो,” उहाँले भन्नुभयो, “जसले आफैँ उज्यालो नभई कसलाई उज्यालो दिने ?”

Nepal Telecom ad

गजल आचार्य :

“सर, आज किन कक्षा यति रमाइलो लाग्यो ?” मैले झस्केर सोध्दा उहाँ हत्तपत्त हाँस्नुभयो, “किनकि आज तपाईंहरूबाट म पनि सिक्दैछु नि, बाबुनानी !”

कक्षा हँसिलो भयो । गुरुले किताब खोलेर होइन, हाम्रो अनुहार हेर्दै सुरु गर्नुभयो- “आज कसको जिज्ञासा ठूलो छ ?”

पछाडिबाट मनिषा उठी, “सर, किन केही शिक्षकहरू कहिल्यै खुसी देखिन्नन् ?”

एकछिन रोकिए, गुरुले मार्करका सहायताले बोर्डमा एउटा ठूलो घाम बनाउनुभयो । “अध्यापन त्यो घामजस्तै हो,” उहाँले भन्नुभयो, “जसले आफैँ उज्यालो नभई कसलाई उज्यालो दिने ?”

मैले लजाउँदै भनें, “तर गुरु, केहीले त हामीलाई पिट्छन्…”

गुरुको स्वर नरम तर दृढ भयो, “पढाउन नसक्नुको पीडा कहिलेकाहीँ कठोरतामा झर्छ, तर असल शिक्षक शक्ति होइन, सम्भावना देख्छ । कमजोरलाई राम्रो, राम्रोलाई उत्कृष्ट बनाउँदै लान्छ ।”

कक्षा एकाएक स्तब्ध भयो । र, सरले अन्तिम वाक्य फ्याँक्नुभयो- “बाबुनानीहरू, हृदय उज्यालो पार्न सक्ने शक्ति शिक्षकले तपाईँहरूबाटै लिन्छन् ।”

०००
२०८२/८/११
कक्षा-६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नमस्कार

नमस्कार

गजल आचार्य
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x