साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ दिनको उज्यालो

यो सुनेर गजलको अनुहार झन् उज्यालो भयो । उनले भनिन्, "स्याबास, सागर । जन्मदिन त मिठाई बाँडेर होइन, यस्तो असल व्यवहारको नयाँ सुरुवात गरेर मनाइन्छ ।"

Nepal Telecom ad

गजल आचार्य :

सन्दर्भ- जन्मोत्सव, मङ्सिर १८ गते

एकाविहानै सानो भाइले नजिकै आएर सोध्यो, “गजल दिदी, आज किन स्कुल नजानुभएको ?”
आज मङ्सिर १८ गतेको दिन थियोे । बिहानैदेखि बस्तीको पिपलछेउमा बालकहरूको घुइँचो थियो । खेततिरको शीत र हुस्सु अझै पनि पूरै उघ्रिसकेको थिएन, तर गजल दिदीको अनुहारमा एउटा फरक चमक थियो । गजल, जसको आज जन्मदिन थियो, असाध्यै खुसी देखिन्थिन् ।

गजल मुस्कुराउँदै भनिन्, “आज मेरो नयाँ दिनको सुरुवात ! आज त मेरो जन्मदिन हो नि भाइ !”

यो सुनेर सबै साथीहरू उत्साही भए । अर्को एक फुच्चे दौडिएर आयो र उत्सुकतापूर्वक हात हल्लाउँदै भन्यो, “दिदी, जन्मदिनमा हामीले तपाईंलाई के उपहार ल्याइदिने त ? केक चाहियो कि चकलेट ?”

गजलले मायाले सबैलाई हेरिन् र हात जोडेर बिस्तारै भनिन्, “मलाई ठूलो उपहार चाहिँदैनन् बाबु नानीहरू । न केक, न चकलेट । मलाई त एउटै मात्र चिज चाहिएको छ ।”

सबै बालकहरू चुप लागेर गजलको कुरा सुन्न थाले । गजलले अझ स्पष्ट र मीठो आवाजमा भनिन्, “आजदेखि तिमीहरू सबैले एउटा कसम खाइदेऊ- आजदेखि हामी कसैलाई पनि दु:ख दिँदैनौँ । कसैलाई हेप्दैनौँ र जनावरहरूलाई पनि माया गर्छौं ।”

सबैले एकापसमा हेराहेर गरे । टोलभरि गुलेली बोकेर सधैँ कुकुरलाई हिर्काउने सागरको आँखा झुके । सबैको नजर उसैमाथि थियो ।

सागर अलि लजाउँदै, तर पक्का आवाजमा बोल्यो, “दिदी, आजदेखि म कहिल्यै कसैलाई दु:ख दिन्नँ । साँच्चै, कसम !”

यो सुनेर गजलको अनुहार झन् उज्यालो भयो । उनले भनिन्, “स्याबास, सागर । जन्मदिन त मिठाई बाँडेर होइन, यस्तो असल व्यवहारको नयाँ सुरुवात गरेर मनाइन्छ ।”

०००
२०८२ मङ्सिर १८ गते
श्री बुढानिलकण्ठ आवासीय मावि, गोलबजार, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उज्यालो शक्ति

उज्यालो शक्ति

गजल आचार्य
नमस्कार

नमस्कार

गजल आचार्य
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
बिऊ

बिऊ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x