साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थुप्रो लगाए धन

फेरिन्छन् अनुहार राजनितिमा फेरिन्न चाला कबै। अर्को भिन्न छकी भनेर बदल्यौँ उस्तै रहेछन् सबै।। देखिन्छन् अनुहार सुन्दर सबै, काला रहेछन् मन। बेची राष्टियता भ्रष्ट जनले, थुप्रो लगाए धन।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

केही वर्ष बिराइ आउँछ यहाँ, आँधी हुरी सोतर।
हाम्रो सुन्दर यो पबित्र थलको,छाडी गयो फोहर।।
एक्कासी हलचल् भोयो मुलुकमा भूचाल जस्तो गरि।
आगो दन्दन भो बिरासत जल्यो नेपालनै यसरी।।

आयो बाड ठुलो बिरासत ढल्यो, मैलो थुपारी गयो।
फेरीए जनका मुहार थलमा,यो देश उस्तै रह्यो।।
झन्झन् गन्ध बड्यो अझै मुलुकमा,थोत्रा भरीए सब।
फोहरमा परिणत हुदैछ अबता,यो देशको वैभब।।

आयो दुष्ट समानको मनुज त्यो, झोसेर आगो गयो।
पानी छैन यहाँ निभाउँ कसरी, चोरेर पानी लग्यो।।
हेरे राम बसेर खिन्न मनले, के गर्न सक्थे र म।
जालास भागिकहाँ भने मनमनै, आगो लगाएर त।।

आगोले पनि खै जलेन थलको, मैलो र दुर्गन्धित।
आयो गन्ध जताततै सहरको, आगो भयो मुर्छित।।
उस्तैछन् सब यी सुधार नहुने, यी दुष्टका सन्तती।
एकैजात रहेछ आज सममा आँधी बनेको जती।।

फेरिन्छन् अनुहार राजनितिमा फेरिन्न चाला कबै।
अर्को भिन्न छकी भनेर बदल्यौँ उस्तै रहेछन् सबै।।
देखिन्छन् अनुहार सुन्दर सबै, काला रहेछन् मन।
बेची राष्टियता भ्रष्ट जनले, थुप्रो लगाए धन।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x