साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धाहरू बचाऔँ हेमन्त उर्लिंदै छ

सत्ता छ देश हाँक्ने ,नारा छ लाेकतन्त्र। फेरिन्छ रूप मात्रै भुल्दै छ शुद्ध मन्त्र ।। सम्पन्न राष्ट्र बन्ने सङ्कल्प बिग्रिँदै छ। पाकाहरू बचाऔँ हेमन्त उर्लिँदै छ ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

ओढेर शुभ्र घुम्टाे पार्दै सफा ललाट।
अग्ला हिमाल हाँस्छन् हेरेर काँठ फाँट।।
बर्सेर शीत धेरै अत्यास बल्झिँदै छ।
पाकाहरू बचाऔँ हेमन्त उर्लिँदै छ ।।१।।

साैता समान ठान्दै,ठेल्दै शरद् पछाडि।
हाँक्दै छ नित्य गाडी दाैडाउँदै अगाडि।।
संसार, जित्न सक्ने साेचेर कुर्लिँदै छ ।
पाकाहरू बचाऔँ हेमन्त उर्लिँदै छ ।।२।।

श्री सूर्य छेक्छु भन्दै गर्दै घमन्ड रास।
पार्दै छ वृद्धवृद्धा तड्पाउँदै निराश ।।
कब्जा धरा म गर्ने ठानेर बुल्किँदै छ ।
पाकाहरू बचाऔँ हेमन्त उर्लिँदै छ ।।३।।

छन् लाेकमा समस्या भाेका भँडार रुन्छन्।
हेमन्त चाड मान्दै काेही अजीर्ण हुन्छन्।।
न्यानाे लुगा नभेट्दा निर्धाे सदा रुँदै छ।
पाकाहरू बचाऔँ हेमन्त उर्लिँदै छ ।।४।।

सत्ता छ देश हाँक्ने ,नारा छ लाेकतन्त्र।
फेरिन्छ रूप मात्रै भुल्दै छ शुद्ध मन्त्र ।।
सम्पन्न राष्ट्र बन्ने सङ्कल्प बिग्रिँदै छ।
पाकाहरू बचाऔँ हेमन्त उर्लिँदै छ ।।५।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x