फित्काैली डटकमसविन प्रियासनको १३ औँ उपन्यास ‘नयाँ लुगा’ विमोचन
परिषदका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा परिषदका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालको प्रमुख आतिथ्यता एवं परिषदकै सल्लाहकार पद्मप्रसाद शर्माको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

दाङ, २०८२ मङ्सिर १८ । नेपाल पत्रकार महासङ्घका केन्द्रिय सचिव तथा उपन्यासकार सविन प्रियासनद्वारा लिखित उपन्यास “नयाँ लुगा” को बिहीबार एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा गरिएको कार्यक्रममा प्रियासनको १३ औँ कृति सार्वजनिक गरिएको हो ।
नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गर्नु भएका प्रियासनको यस वर्ष यो तेस्रो उपन्यास प्रकाशन हो । प्रियासनका यस अगाडि कार्तिकमा कालो मन र अषाढमा कडी उपन्यास सार्वजनिक भएको थियाे ।
परिषदका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा परिषदका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालको प्रमुख आतिथ्यता एवं परिषदकै सल्लाहकार पद्मप्रसाद शर्माको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
नेपालकै दोस्रो धेरै उपन्यासकारका रूपमा पहिचान बनाएका प्रियासनको कृतिको विमोचनसँगै विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका दुई युवा प्रतिभालाई पनि सम्मान गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा घोराही बनाऔं अभियानको तर्फबाट सामुदायिक विद्यालयबाट चिकित्सा शिक्षा आयोगले लिएको परीक्षामा उत्तीर्ण हुँदै पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल घोराही– १० का रोशनी घर्ती मगर र राजपुर निवासी बबई गाउँपालिकाको सरस्वती आधारभूत विद्यालय जलजलामा २० वर्षको उमेरमा प्रधानाध्यापक बन्नुभएकी रक्षा कुमारी यादवलाई योगदानको कदर गर्दै सम्मान गरेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले साहित्यको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै अझ राम्रो र उत्कृष्ट रचना ल्याउन सुझाव दिनुभयो । उहाँले पाठकको रोजाइमा पर्न सक्ने पुस्तक ल्याउनुपर्ने बताउनु भयो ।
सो अवसरमा बोल्ने वक्ताहरूले प्रियासनलगायतका उपन्यासकारहूका कारण उपन्यास लेखनमा दाङ बलियो स्थानमा उक्लिएको बताएका थिए । वक्ताहरुले प्रियासनलाई नेपालकै पहिलो बन्न सुझाव दिँदै खदिलो, ओजिलो विषयवस्तुमा पनि उपन्यास प्रकाशित गर्न अनुरोध गरेका थिए ।
सो अवसरमा बोल्दै उपन्यासकार प्रियासनले अबको पाँच वर्षभित्रमा नेपालकै पहिलो धेरै उपन्यास प्रकाशित गर्ने उपन्यासकार बन्ने उद्घोष गर्नुभएको थियो ।
कार्यक्रममा पुस्तकका बारेमा लेखक सविन प्रियासनले प्रकाश पार्नुभएको थियो भने विशिष्ट अतिथि पद्मप्रसाद शर्मा, पत्रकार महासङ्घ दाङका पूर्व अध्यक्ष डा.सुदीप गौतम लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
परिषद्का सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषदका जिल्ला सचिव घनश्याम केसीले गर्नुभएको थियो ।
०००
सुरेशकुमार पाण्डेकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































