साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शिक्षासेवी सिटौलाको कृति ‘प्रकाश र प्रवाहहरु’ लोकार्पण

साहित्य चौतारी विर्तामोडको आयोजनामा भएको कार्यक्रम चौतारीका संस्थापक संरक्षक वरिष्ठ उपाध्यक्ष उर्मिला विमलीको अध्यक्षतामा तथा सुसेली साहित्यिक परिवारका अध्यक्ष आख्यानकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्यमा भएको थियो ।

Nepal Telecom ad

झापा, २०८२ मङ्सिर १८ । प्रसिद्ध शिक्षासेवी रामप्रसाद सिटौलाको आत्मसंस्मरणात्मक कृति ‘प्रकाश र प्रवाहहरु’को लोकार्पण कार्यक्रम सम्पन्न भयाे ।

साहित्य चौतारी विर्तामोडको आयोजनामा भएको कार्यक्रम चौतारीका संस्थापक संरक्षक वरिष्ठ उपाध्यक्ष उर्मिला विमलीको अध्यक्षतामा तथा सुसेली साहित्यिक परिवारका अध्यक्ष आख्यानकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्यमा भएको थियो ।

अतिथिहरु समाजसेवी हरिचरण वानियाँ, साहित्य चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठ, कृतिकार रामप्रसाद सिटौला, कृतिकारकी जीवनसँगी देवी सिटौला, साहित्यकार हरिनारायण भट्टराई, कृतिको परिचर्चाकार विनोद खनाल, प्रलेस झापा अध्यक्ष लीलाप्रसाद अधिकारी, मेची वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख उमानाथ ओली, संस्थाका सल्लाहकार अनिरुद्र ओलीलाई मञ्चासिन गराएर कार्यक्रम सुरु भएको थियो ।

चौतारीका सचिव तुलसी निरौलाद्वारा सुसन्चालन तथा चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रमुख अतिथि पुण्यप्रसाद खरेलसहित मञ्चासिन व्यक्तिहरुबाट सामुहिक रुपमा कृति ‘प्रकाश र प्रवाहहरु’को लोकार्पण गरिएको थियो । लोकार्पणपछि हरिनारायण भट्टराईले कृतिकारको संक्षिप्त परिचयात्मक चर्चा गर्नुभयो भने विनोद खनालले कृति ‘प्रकाश र प्रवाहहरु’को संक्षिप्त समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभयो ।

उमानाथ ओली, लीलाप्रसाद अधिकारी, हरिचरण वानियाँ, नरनाथ गिरीले शुभकामना व्यक्त गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि पुण्यप्रसाद खरेलले यस्ता आत्मसंस्मरणात्मक कृतिको उपादेयताबारे कुरा राख्तै कृतिकारलाई धन्यवाद तथा शुभकामना दिनुभयो । कृतिकारकी जीवनसँगी देवी सिटौलाले सुमधूर स्वरमा सँगीनी तथा असारे गीत गाएर स्रोताहरुलाई मुग्ध बनाउनु भयो । कृतिकार रामप्रसाद सिटौलाले कार्यक्रम आयोजक साहित्य चौतारी, उपस्थित प्रमुख अतिथि लगायत सबैव्यक्ति व्यक्तित्वलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभयो भने अध्यक्ष उर्मिला विमलीले छोटो भनाइ राखेर कार्यक्रम समापन गर्नुभयो ।

माथि उल्लिखित व्यक्तिहरुका अतिरिक्त कार्यक्रममा केशव प्रसाईं, शिरो सान्दाइ, डिपि शर्मा, मातृकाप्रसाद सङ्ग्रौला, देवीचरण भण्डारी, राजेन्द्र सङ्ग्रौला, मिना अधिकारी, मोक्ष खतिवडा, कुमारी भट्टराई, डम्बर देउजा, माधवप्रसाद सिटौला, तोयानाथ सेढार्इंं, मोहन खरेल, यमनाथ विमली, भरत प्रसाईं, बालकृष्ण सिटौला, पुण्य बराल, योगेन्द्र खतिवडा, ज्ञानबहादुर पौडेल, गौरव भेटवाल, ज्ञानु मैनाली, मुक्तिनाथ ओझा, तारादेवी बोगटी, जमुना खरेल, छविलाल खतिवडा, तुलसीराम उप्रेती, नरेश भेटवाल, अखिल सिटौला, राम भेटवाल, उमाप्रसाद सिटौला, मोहन शिवाकोटी, नरपति प्रसाईं, भीष्म उप्रेती, डिल्लीप्रसाद सिटौला, गोमा सिटौला, डिल्लीराम सिटौला, कमलादेवी ओली, प्रेमप्रसाद उप्रेती, एनवी दाहाल ‘नवीन’, इन्दिरा भेटवाल लगायत ७५ जनाभन्दा बढी साहित्यकार तथा साहित्यानुरागीहरुको उपस्थिति रहेको कार्यक्रम भव्यरुपमा सम्पन्न भयो ।

०००
पुण्यप्रसाद खरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x