साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माेलुङकाे प्राप्चामा साहित्यिक कार्यक्रम सम्पन्न

कार्यक्रमका प्रमुख अतिथि फित्काैली डट कमका प्रधान सम्पादक तथा हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेल, विशिष्ट अतिथिहरूमा डा. बमबहादुर थापा जिताली, बृहत्तर महाकाव्यकार चन्द्रप्रसाद न्याैपाने, डिल्लीप्रसाद मूलतिहुन, कुलप्रसाद दाहाल, रमेश गाउँलेलगायत रहेका थिए ।

Nepal Telecom ad

ओखलढुङ्गा, २०८२ मङ्सिर १६ । माेलुङ प्राप्चास्थित शिवदूती माविकाे आयाेजनामा एक साहित्यिक कार्यक्रम सम्पन्न भयाे ।

विद्यालयकाे प्राङ्गणमा भएकाे उक्त कार्यक्रम विद्यालयका प्रअ रामकुमार ढकालकाे सभापतित्वमा भएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि फित्काैली डट कमका प्रधान सम्पादक तथा हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेल, विशिष्ट अतिथिहरूमा डा. बमबहादुर थापा जिताली, बृहत्तर महाकाव्यकार चन्द्रप्रसाद न्याैपाने, डिल्लीप्रसाद मूलतिहुन, कुलप्रसाद दाहाल, रमेश गाउँलेलगायत रहेका थिए ।

कार्यक्रमलाई विद्यालयका प्रतिभावान छात्राछात्रहरूका कवितावाचनले आकर्षित बनाएकाे थियाे । नेपाली लाेकछन्द मझाैला झ्याउरे (असारे), सवाई लय शैली संरचनामा रचित कविताहरूले वर्तमान देशकाे स्थितिदेखि प्रकृति, संस्कृति, राजनीतिलगायत विविध विषयकाे प्रतिनिधित्व गरेका थिए ।

सहभागी विद्यार्थी कविहरूमा विपना फुयाँल, सुमित्रा फुयाँल, निशिका फुयाँल, अस्मिता फुयाँल, प्रवेश कटुवाल, इभाना दाहाल, आयुष पाेखरेल, अप्सरा दाहाललगायतका थिए ।

प्राैढकविहरूमा डिल्लीप्रसाद मूलतिहुनकाे मन्दाक्रान्ता छन्दमा विरचित जन्मस्थलप्रति समर्पित कविताले सभालाई हाैसाएकाे थियाे । अतिथिकविहरूमा कुलप्रसाद दाहाल, रमेशकुमार दाहाल, खिला धमला, गाेपालप्रसाद दाहाल, डा. बमबहादुर थापा जितालीलगायतले कविता वाचन गरेका थिए ।

कार्यक्रममा मणिराम दाहाल, बालकृष्ण दाहालले शुभकामना व्यक्त गरेका थिए भने बृहत्तर महाकाव्यकार चन्द्रप्रसाद न्याैपानेले ओखलढुङ्गाका कवि लाेकहरि बराल (१९३४-१९९७) देखि हालसम्मका कविहरूकाे इतिहास र कार्यक्रममा वाचित सहभागी कविताहरूकाे समीक्षात्मक टिप्पणी गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नरनाथ लुइँटेलले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई हाैसला दिनुका साथै नेपाली साहित्यकाे संरक्षण, विकास भइरहने कुरा बताउनुभएको थियाे । उहाँले कार्यक्रममा सहभागी शिवदूती मा.वि., जीवनप्रदीप मा.वि र कालिका माविका  विद्यार्थीहरूलाई फित्काैली प्रकाशनका हास्यव्यङ्ग्य कृतिहरू, डा. बमबहादुर थापा जितालीकाे जहाँ छन् बुद्धका आँखालगायत साहित्यिक कृतिहरू पुरस्कारस्वरूप प्रदान गरिएको थियाे ।

राजधानी काठमाडाैंबाटै प्रविधिमार्फत फुइँडाक्टर नवराज खतिवडाद्वारा संक्षिप्त शुभकामना मन्तव्य दिइएकाे उक्त कार्यक्रमकाे सञ्चालन साेही विद्यालयका कविशिक्षक गाेपालप्रसाद दाहालले गरेका थिए । कार्यक्रममा  तीन वटै विद्यालयका छात्रछात्रा, शिक्षक शिक्षिका,  र स्थानीय अभिभावकहरूकाे उल्लेखनीय सहभागिता रहेकाे थियाे ।

०००
चन्द्रप्रसाद न्याैपानेकाे साैजन्यमा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
कुमार दाहाल कुसुम
कुमार दाहाल कुसुम
1 month ago

जन्मस्थलमा गरिएको साहित्यिक कार्यक्रम भव्य भएछ । मन अत्यन्त पुलकित भयो ।यहाँहरू सम्पूर्णमा हार्दिक आभार।

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x