साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रतिष्ठानमा झ्याउरे कविता विमर्श तथा वाचन कार्यक्रम

अभियानकी अभियन्ता रेणुका भट्टराई ‘मञ्जरी’द्वारा लिखित झ्याउरे छन्दलयको ‘जमुना’ महाकाव्य र सम्पादन गरिएको अर्को अभियानको ऐतिहासिक कृति ‘नेपाली प्रतिनिधी झ्याउरे कविता’ झ्याउरे कविता सङ्ग्रह लोर्कापण गरिएको हो ।

Nepal Telecom ad

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानद्धारा काव्य घर नेपाल मिडिया प्रा.लि.सँगको सहकार्यमा आयोजित झ्याउरे कविता विमर्श तथा झ्याउरे कविता वाचन कार्यक्रम प्रज्ञा भवनको देवकोटा सभाहलमा सम्पन्न भएको छ । झ्याउरे कविता लेखन पुनर्जागरण अभियानकी अभियन्ता रेणुका भट्टराई ‘मञ्जरी’द्वारा लिखित झ्याउरे छन्दलयको ‘जमुना’ महाकाव्य र सम्पादन गरिएको अर्को अभियानको ऐतिहासिक कृति ‘नेपाली प्रतिनिधी झ्याउरे कविता’ झ्याउरे कविता सङ्ग्रह लोर्कापण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त दुई कृति लोर्कापण गर्नु भएको हो । नेपाल प्रज्ञा –प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले स्वागत गर्नु हुँदै हाम्रो नेपाली मौलिक लोकछन्दलाई सबैले माया गर्नु पर्नेमा जोडदिनु भयो । प्रमुख अतिथिले व्यानर पढेर उद्घाटन भएको उक्त कार्यक्रममा विभिन्न जिल्लाबाट आउनु भएको अतिथिहरु काभ्रेबाट साहित्यकार हरि मञ्जुश्री, धादिङबाट प्रा.डा रमेशचन्द्र अधिकारी, काठमाडौँबाट बरिष्ठ पत्रकार गोपाल थपलिया, साहित्कार कलानिधी दाहाल विशेष अतिथिका साथै प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य चेतना धमला लगायतको उपस्थिति थियो ।

झ्याउरे कविता विमर्श तथा झ्याउरे कविता वाचन कार्यक्रममा सभाध्यक्ष समेत रहनु भएकी मञ्जरी ले आफ्नो जन्मदिनमा सबैलाई उपहार स्वरुप दुई कृति र अभियानको श्लोगान समेत प्रदान गर्नु भएको हो ।

अभियानको श्लोगानलाई सङ्गीतकार नरहरि प्रेमीले सङ्गीत र स्वर समेत भरेर तयार गर्नु भएको गीतलाई समेत सभाकक्षबाट लोर्कापण गरिएको थियो । कार्यक्रमको सुरुवात झ्याउरे कविता वाचनबाट भएको थियो ।

लोर्कापित कृति जमुना महाकाव्यका विषयमा समीक्षा गर्नु हुदैँ प्रा.डा रमेशचन्द्र अधिकारीले भट्टराईको ‘जमुना’ महाकाव्य झ्याउरे छन्दलयमा लेखिएको नारी हस्ताक्षरको प्रथम नेपाली महाकाव्य भएको बताउँनु भयो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले सुरु गर्नु भएको झ्याउरे कविता लेखन अभियानलाई अहिले असीको दशकमा आएर भट्टराईले पुनर्जागरण गरी अभियान सञ्चालन गर्नु गरेकोमा खुसी व्यक्त गर्दै उनको नेपाली मौलिक लोकलय झ्याउरेलाई विश्वमा पुर्‍याउँने सङ्कलपको प्रशंसा गर्नु भयो । महाकाव्य लेखन आफैमा जटिल हो तर अभियानसँगै यो यात्रा तय गर्नु गर्वको कुरा हो भन्नुभयो ।

सोही अवसरमा भट्टराईद्धारा सम्पादन गरिएको अर्को कृति ‘नेपाली प्रतिनिधि झ्याउरे कविता सङ्गह माथि साहित्यकार हरि मञ्जुश्रीले समीक्षा गर्नु भएको थियो । उहाँले नेपाली मौलिक लोकलय झ्याउरेको सम्वद्र्धन र विकासका साथै झ्याउरे छन्दलाई संसार पु¥याउँन चालेको कदम सबैका लागि प्रेरणाको स्रोत बनेको छ भन्दै उहाँले यो कृति प्रकाशनले नेपाली साहित्य क्षेत्रमा कोशेढुङ्गाको काम गर्ने र नेपाली वाङ्मयमा यस्तो दस्तावेज नभएले योे पनि पहिलो र ऐतिहासिक बनेको उल्लेख गर्नु भयो साथै कृतिमा महाकवि देवकोटा देखि आजका नव स्रष्टालाई समेत समेटेर गरिएको परिकल्पान र सम्पादनको प्रशंसा गर्नु भएको थियो । यस कृतिले झ्याउरेका बारेमा अध्ययन गर्नेका लागि महत्त्वपूर्ण सामग्रीका रुपमा तयार भएको र हाम्रो झ्याउरे वेदबाट नै उत्पत्ति भएको समेत जानकारी गराउँनु भयो ।

कार्यक्रममा स्रष्टाहरुले अभियानको कृतिबाट,महाकाव्यबाट र अभियानको कृतिबाट गर्नु भएको थियो सिर्जना वाचन गर्नु भएको थियो । कार्यक्रमा अभियानको कृतिमा नपर्नु भएका स्रष्टलाई प्रमुख स्थान दिइएको थियो । स्रष्टाहरु कमशः उत्तम भेट्वाल,रामचन्द्र गौतम, गङ्गा कर्माचार्य, रणवहादुर बुढाथोकी,रुवि सत्याल,जयराम विडारी, क्रान्ति पराजुली,कमला रिसाल मन्जिला अनिल,इन्दु पन्त, अमर अधिकारी,चन्द्रा न्यौपाने,गङ्गा खतिवडा, गोपालप्रसाद थपलिया,नरहरि प्रेमी,कलानिधी दाहाल,रेणुका भट्टराई ‘मञ्जरी’ मुरारी रायमाझी र मिरा काफ्ले पोखरेल आदिले झ्याउरे लोकलायका सिर्जनाबाट गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि भुपाल राईले मन्तव्यका क्रममा नेपाली मौलिक लोकलय झ्याउरे हाम्रो पहिचान हो । तर यो हेलामा परेको छ यसलाई उठाउँन अभियन्ता रेणुकाजीले गर्नु भएको प्रयासको प्रशंसा गर्दछु साथै अघिल्लो साल देखि प्रज्ञाले झ्याउरेका विषयमा कार्यक्रम गरेर उहाँलाई हौसला दिएका छौ । यो अभियान रेणुकाजीको मात्र अभियान होइन यो सिङ्गो प्रज्ञा प्रतिष्ठानको अभियान समेत भएकाले आगामी दिनमा पनि अभियानको कार्यक्रमा रेणुकाजी साथ दिदैँ अभियानमा सहकार्य गर्ने नै छौ । भनि प्रतिवद्धता समेत प्रकट गर्नु भयो । हामीले झ्याउरेलाई उठाउँन र संसारमा पु¥याउँन सबैले एक पटक झ्याउँरे लेखौँ समेत भन्नु भयो ।

काव्य घर नेपाल मिडिया प्रा.लि.का अध्यक्ष तथा अभियन्ता रेणुका भट्टराईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई सभाविर्सजन गर्नु हुँदै उहाँले नेपालीको मुटुको ढुक्ढुकी बनेको झ्याउरेलाई विश्वमा पुर्‍याउँनका लागि सबैको साथको आहव गर्दै सम्पादित कृति र जमुना महाकाव्य दुबै झ्याउरेका बारेमा अध्ययन अनुसान्धान गर्ने सबैका लागि महत्त्वपूर्ण सामाग्री र नेपाली वाङ्मयका लागि महत्त्वपूर्ण भण्डारन भएको जानकारी गराउँदै जमुना महाकाव्य आत्मपरक जीवनी महाकाव्य लेखनको उत्प्रेक अभियान समेत रहेको जानकारी गराउँनु भयो । साथै उहाँले महाकाव्यबाट सिर्जना समेत बाचन गर्नु भएको थियो । कार्यक्रमलाई कुशल प्रस्तोता कवि गङ्गा खतिवाडाले सहजिकरण गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x