साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शिवदूती मावि ओखलढुङ्गामा भव्य साहित्यिक कार्यक्रम सम्पन्न 

शिवदुती मावि प्राप्चा, कालिका मावि भाल्थुम्का र जीवनप्रदीप मावि हर्कपुरका छात्रछात्राले आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा तीनवटै विद्यालयका शिक्षक र प्राप्चाबासीहरुको उत्साह पूर्ण उपस्थिति रहेको थियो ।

Nepal Telecom ad

ओखलढुङ्गा, २०८२ मंसिर १६ । माेलुङ गाउँपालिका वडा नं. ५ प्राप्चास्थित शिवदूती मावि प्राप्चा दाहाल गाउँमा भव्य साहित्यिक कार्यक्रम सम्पन्न भयाे ।

विद्यालयकाे प्राङ्गणमा भएकाे कार्यक्रमको सभापतित्व विद्यालयका प्रअ रामकुमार ढकालले गर्नु भएकाे थियाे भने कार्यक्रमका प्रमुख आतिथ्य फित्काैली डट कमका प्रधान सम्पादक नरनाथ लुइँटेलले गर्नु भएको थियो । विशिष्ट अतिथिहरूमा कवि तथा गीतकार डा. बमबहादुर थापा जिताली, बृहत्तर महाकाव्यकार चन्द्रप्रसाद न्याैपाने, प्राप्चाको दाहाल गाउँमै जन्मिएर शिवदूती माविबाटै अध्यन प्रारम्भ गरेका हास्यकवि डिल्लीप्रसाद मूलतिहुन, फित्कौली डटकमका सदस्य कुलप्रसाद दाहाल, मोलुङ गाउँपालिकाको वार्ड नं २ जन्मस्थल भएका गीत कविता र रेडियोको घटना र विचार कार्यक्रमको सञ्चालकको रूपमा चिनिएका पत्रकार रमेश गाउँले हुनुहुन्थ्यो ।

अतिथिको आसनमा स्थानीय मणिराम दाहाल , बालकृष्ण दाहाल , जीवन प्रदीप मावि मोलुङ- ४ हर्कपुरका शिक्षक तेजप्रसाद पोखरेल र खिला धमाला, कालिका मावी मोलुङ ६ का शिक्षक नन्दबहादुर तामाङ रहनुभको उक्त कार्यक्रमकाे सञ्चालन साेही विद्यालयका कविशिक्षक गाेपालप्रसाद दाहालले गर्नुभएको थियो ।

सामुहिक राष्ट्रियगान शहीदको सम्मानमा १ मिनेट मौनधारणपछि शिक्षक सुशील वाग्लेले स्वागत मन्तव्यद्वारा पाहुनालाई स्वागत गर्नुभयो । विशेष अतिथि डिल्लीप्रसाद मूलतिहुनले सभापतिलाई आफ्नै प्यारो ओखलढुंगा लेखिएको गल्बन्दी लगाएपछि बालबालिकाका रचनाबाट वाचन प्रारम्भ गरियो । शिवदुती मावि प्राप्चा, कालिका मावि भाल्थुम्का र जीवनप्रदीप मावि हर्कपुरका छात्रछात्राले आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा तीनवटै विद्यालयका शिक्षक र प्राप्चाबासीहरुको उत्साह पूर्ण उपस्थिति रहेको थियो ।

विद्यार्थीहरूले लोकछन्द मझौला झ्याउरे (असारे), सवाई लय शैली संरचनामा रचित कविताहरू पाठ गरेका थिए । कवितामा वर्तमान देशकाे स्थितिदेखि प्रकृति, संस्कृति, राजनीतिलगायत विविध विषयकाे प्रतिनिधित्व भएको थियो । सहभागी विद्यार्थी कविहरूमा विपना फुयाँल, सुमित्रा फुयााँल, निशिका फुयाँल, अस्मिता फुयाँल, प्रवेश कटुवाल, इभाना दाहाल, आयुष पाेखरेल, अप्सरा दाहाल थिए ।

प्राैढ रचनाको आरम्भ अतिथि कुलप्रसादले गर्नुभएको थियो । त्यसैगरी रमेश गाउँले, शिक्षक खिला धमला , डिल्लीप्रसाद मूलतिहुन, गोपालप्रसाद दाहाल, अतिथि चन्द्रप्रसाद न्यौपाने, डा.बमबहादुर थापा जितालीले पस्त्तुत गर्नुभएको थियो । डिल्लीप्रसाद मूलतिहुनका दुईवटा प्रौढ र बाल कविताले समारोहमा हाँसोको फोहरा छुटाउने काम गरेको थियाे । अतिथिकविहरूका रचनाले सबैको अनुहारमा मुस्कान ल्याउने काम गरेको थियो ।

मणिराम दाहाल, बालकृष्ण दाहालले साहित्यिक समारोह बेलाबेलामा हुनुपर्ने आवश्यकता रहेको र यसको प्रारम्भ डिल्लीप्रसाद मूलतिहुनको अगुवाइमा भएको भन्दै काठमाडौदेखि प्राप्चासम्म आइपुगेका पाहुनालाई हार्दिक धन्यवाद धन्यवाद दिँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरिएको थियो ।

बृहत्तर महाकाव्यकार चन्द्रप्रसाद न्याैपानेले ओखलढुङ्गाका कवि लाेकहरि बरालदेखि हालसम्मका कविहरूकाे इतिहास र वाचित कविताहरूकाे समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । उहाँले पुरानो पाठ्यक्रममा रहेको व्यङ्ग्य रचना, टपटप टोपी लेकका दाना वाचन गर्दा बालबालिकाले साह्रै रमाइलो मानेर मिलाएर ताली बजाए ।

प्रमुख अतिथि नरनाथ लुइँटेलले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई हाैसला दिनुका साथै नेपाली साहित्यकाे संरक्षण, विकास भइरहने कुरा बताउनुभएको थियाे । सहभागी विद्यार्थीहरूलाई प्रमुख अतिथिले फित्काैली प्रकाशनका पुस्तक पुरस्कार स्वरूप बालबालिकालाई र सहभागी विद्यालयको पुस्तकालयलाई दिनुभएको थियो ।

डा. बमबहादुर थापा जितालीले जहाँ छन् बुद्धका आँखा कृति प्रदान गर्नुभएको थियाे । आफ्ना कान्छा सुपुत्र खिला दाहाल सहित यो कार्यक्रम आयोजना गर्न प्राप्चा आउनुभएको डिल्लीप्रसाद मूलतिहुनले कविता वाचन गर्ने विद्यार्थीहरूलाई चकलेट, कलम र पुस्तक दिएर कविता लेखिरहन हौसला दिने काममा ब्यस्त देखिनु हुन्थ्याे । उहाँले केही महत्वोपूर्ण पूर्ण पुस्तक सहभागी ३ वटै विद्यालयलाई प्रदान गर्नु भयाे।

कार्यक्रमको अन्त्यतिर काठमाडौबाटै गरिएको फुइँडाक्टर नवराज खतिवडाको टेलिफोन संवादको स्वाद सबैले मीठो मानेर चाखेको थिए । त्यसपछि विद्यालयका प्र.अ. रामकुमार ढकालले सबैलाई धन्यवाद दिँदै साहित्यिक समारोहको समापन गर्नुभएको थियो ।

०००
जीवनप्रदीप मावि मोलुङ ४, हर्कपुरका शिक्षक तेजप्रसाद पोखरेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x