साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माता पिता निधि दुई घरमै रमाउन्

देखे सहस्र जसले शशि पूर्णिमाको धेरै भए अनुक्रिया र शरीर पाको सन्तानले विजयको यश कीर्ति गाउन् माता पिता निधि दुई घरमै रमाउन्॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

होस् धामझैँ घर सधैँ तमले नछाउन्
सन्तानबाट अवमूल्यन झन् नआउन्
कैलासका शिव उमासरि नै घमाउन्
माता पिता निधि दुई घरमै रमाउन्॥१

पीडा प्रकोप र घृणा कहिल्यै नपाउन्
सेवा सुसारतिर सन्तति नित्य धाउन्
सर्वोच्च स्थानबिच आसन ती जमाउन्
माता पिता निधि दुई घरमै रमाउन्॥२

सीता र बुद्धसरि हुन् तनया र छोरा
कोही नहुन् बल र बुद्धि गिरेर कोरा
हालेर प्वाँख परदेश कुनै नजाउन्
माता पिता निधि दुई घरमै रमाउन्॥३

यो देशमा श्रम गरी पसिना बगाउन्
नेपालको विजय गौरव गीत गाउन्
सन्तानले घर र देश दुवै सजाउन्
माता पिता निधि दुई घरमै रमाउन्॥४

देखे सहस्र जसले शशि पूर्णिमाको
धेरै भए अनुक्रिया र शरीर पाको
सन्तानले विजयको यश कीर्ति गाउन्
माता पिता निधि दुई घरमै रमाउन्॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x