साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माता पिता निधि दुई घरमै रमाउन्

देखे सहस्र जसले शशि पूर्णिमाको धेरै भए अनुक्रिया र शरीर पाको सन्तानले विजयको यश कीर्ति गाउन् माता पिता निधि दुई घरमै रमाउन्॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

होस् धामझैँ घर सधैँ तमले नछाउन्
सन्तानबाट अवमूल्यन झन् नआउन्
कैलासका शिव उमासरि नै घमाउन्
माता पिता निधि दुई घरमै रमाउन्॥१

पीडा प्रकोप र घृणा कहिल्यै नपाउन्
सेवा सुसारतिर सन्तति नित्य धाउन्
सर्वोच्च स्थानबिच आसन ती जमाउन्
माता पिता निधि दुई घरमै रमाउन्॥२

सीता र बुद्धसरि हुन् तनया र छोरा
कोही नहुन् बल र बुद्धि गिरेर कोरा
हालेर प्वाँख परदेश कुनै नजाउन्
माता पिता निधि दुई घरमै रमाउन्॥३

यो देशमा श्रम गरी पसिना बगाउन्
नेपालको विजय गौरव गीत गाउन्
सन्तानले घर र देश दुवै सजाउन्
माता पिता निधि दुई घरमै रमाउन्॥४

देखे सहस्र जसले शशि पूर्णिमाको
धेरै भए अनुक्रिया र शरीर पाको
सन्तानले विजयको यश कीर्ति गाउन्
माता पिता निधि दुई घरमै रमाउन्॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
बुबामुमा हृदयका सर्वाेच्च आधार हुन्

बुबामुमा हृदयका सर्वाेच्च आधार...

ढकाल शिखरनाथ बेलकाेटे
पाकाहरूबाट सिकाैँ (७)

पाकाहरूबाट सिकाैँ (७)

घनश्याम रेग्मी
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x