साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बज्जिकाको सर्वोच्च कृति सम्मानबाट सञ्जय मित्र पुरस्कृत

कार्यक्रमका प्रमुख अतिथि डा. परिश्रमीले बज्जिका भाषाको विकासका लागि स्थापित पुरस्कार मित्रलाई दिइनु अत्यन्त योग्य पात्रको हातमा पुगेको र बज्जिका साहित्यको विकासमा थप सहयोग पुग्ने विश्वास लिएको बताएका छन् ।

Nepal Telecom ad

सर्लाही २०८२ मङ्सिर २० । बज्जिका भाषाको ‘बुद्ध’ महाकाव्यलाई ‘अनिता–शिव अन्तर्राष्ट्रिय बज्जिका सर्वोच्च कृति सम्मान २०२४’ प्राप्त भएको छ । शनिवार एक समारोहबीच ‘बुद्ध’का कृतिकार सञ्जय साह मित्रलाई २५ हजार रुपैयाको चेकसहित सम्मानित गरिएको हो ।

रोजगारीको सिलसिलामा अस्ट्रेलियामा रहेका नीतेश साहले आफ्ना मातापिताको नाममा स्थापना गरेको ‘अनिता–शिव प्रतिष्ठान’ले पहिलोचोटि पुरस्कार प्रदान गरेको हो । हरेक वर्ष बज्जिका भाषामा तथा बज्जिका, नेपाली, हिन्दी र अंग्रेजी भाषामा भए पनि बज्जिका साहित्य, भाषा तथा संस्कृतिको विषयलाई समेटेर प्रकाशित कृतिमध्ये उत्कृष्ट एकलाई उक्त पुरस्कार प्रदान गरिने घोषणा प्रतिष्ठानले गरेको थियो ।

पुरस्कार सम्मान प्राप्त गरेपछि कृतिकार मित्रले बज्जिका भाषाको साहित्यको लागि निकै ठुलो उपलब्धि मानिएको पुरस्कारले बज्जिका साहित्यको विकासमा थप सहयोग पुग्ने विश्वास लिएको बताएका छन् ।

बज्जिका भाषाको विकासका लागि स्थापित पुरस्कार मित्रलाई दिइनु अत्यन्त योग्य पात्रको हातमा पुगेको प्रसिद्ध साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमीले बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि डा. परिश्रमीले भने– बज्जिका पूर्ण भाषा हो र यसको साहित्यिक विकास हुन थालेकोमा खुसी लागेको छ ।

कार्यक्रममा नेपाल र भारतका गरी एक दर्जन बज्जिकासेवीलाई ‘अनिता–शिव अन्तर्राष्ट्रिय बज्जिका सम्बन्ध–सेतु सम्मान २०२४’ प्रदान गरिएको छ । सम्मानबाट गोरखापत्र राष्ट्रिय दैनिकका निमित्त कार्यकारी सम्पादक तथा नयाँ नेपालका संयोजक कुमार विवेकानन्द मिश्र, विद्यावाचस्पति अजयकुमार झा, बज्जिका साहित्य समाज सर्लालीका अध्यक्ष रामचन्द्र महतो कुशवाहा, साहित्यकार रमेश समर्थन, बज्जिका अभियन्ता दिनेशप्रसाद साह र बज्जिका साहित्य समाज रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्ण सम्मानित भएका छन् ।

यसै गरी भारतका साहित्यकारहरु डा. भावना, डा. उषाकिरण श्रीवास्तव, डा. पूनम सिन्हा श्रेयसी, मणिभूषण प्रसाद सिंह अकेला र डा. सतीशचन्द्र भगतलाई सम्मानित गरिएको छ ।

नेपाल र भारतका गरी करिब चार दर्जन बज्जिकासेवीको सहभागिता रहेको कार्यक्रमका वक्ताहरुले बज्जिका भाषाको साहित्य विस्तारै समृद्धितिर लम्किइरहेको बताएका छन् ।

कार्यक्रमको सभापतित्व ग्रहण गरेका प्रतिष्ठानका अध्यक्ष नीतेश गुप्ताले कार्यक्रमबाट बज्जिका संस्कृतिको विकासमा योगदान पुग्ने बताउँदै आगामी दिनमा कार्यक्रमलाई निरन्तरताको लागि मार्ग निर्देशन प्राप्त भएको बताएका छन् ।

०००
रमेशमाेहन अधिकारीकाे साैजन्यमा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
रमेशमोहन अधिकारी
रमेशमोहन अधिकारी
5 months ago

हार्दिक धन्यवाद !

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x