साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपम सिर्जना प्रतिष्ठानकाे १५२ औँ काव्यगाेष्ठी सम्पन्न

अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १५२ औँ मासिक कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षतामा प्रविधिकाे माध्यमबाट सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ मङ्सिर २० । अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १५२ औँ मासिक कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षतामा प्रविधिकाे माध्यमबाट सम्पन्न भयो । संस्थाका महासचिव सुधा बाँस्कोटा ढकालले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे ।

कविगोष्ठीमा विभिन्न छन्दका कविता, गजल रोचक ढङ्गबाट कविहरूले वाचन गरे । उपस्थित कविहरुले देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा सामाजिक विकृति बिरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए ।

सो अवसरमा रचना वाचन गर्ने कविहरू भुवनहरि सिग्देल, प्राज्ञ नरनाथ लुइँटेल, डा. बमबहादुर थापा, सुधा बाँस्कोटा ढकाल, चन्द्रावती अधिकारी, जगदिश्वर पाेखरेल, गंगा आचार्य सापकाेटा, पुरुषाेत्तम सिग्देल, उत्तम भेटुवाल, बिनुबाबा घिमिरे, गङ्गा भण्डारी हुनुहुन्थ्यो ।

कविहरुले साहित्य अध्ययन गर्नुपर्ने तथा विकृति विरुद्ध व्यङ्ग्य गरिनुपर्छ भन्दै संस्थाका वरिष्ठ उपाध्यक्ष नरनाथ लुइँटेलले संस्थाले जस्तोसुकै अवस्थामा कार्यक्रमलाई निरन्तरता दिएकाे कुरामा खुसी व्यक्त गर्नुभयाे ।

गाेष्ठीमा वाचित कविताहरूमाथि सङ्क्षिप्त समीक्षा गर्दै छन्दशिल्पी कलानिधि दाहालले छन्दशिल्पमा खारिएका कविता सुन्न पाएर मन गदगद भएकाे बताउँदै आफ्नाे पनि छन्द कविता वाचन गरेका थिए ।

सभाध्यक्ष भुवनहरि सिग्देलज्यूले आज वाचित कविता गुणस्तरका थिए । कविगोष्ठी गरिमामय भयो । सभ्य, भव्य र नव्य भयो । कवितामा बिम्ब प्रतीकका साथै ध्वनि हुनु पर्छ भन्नु भयो । नेपाली भाषा बिगार्न कसैले हुँदैन भन्नु भयो । कविगोष्ठी सफल बनाइ दिनु भएकोमा सबै सर्जकलाई धन्यवाद दिनु हुँदै गोष्ठी समापन गर्नु भएको थियो ।

०००
सुधा बास्काेटा ढकालकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x