फित्काैली डटकमबुढेसकालमा झर्काेफर्काे किन ?
उनीहरूले झर्किए भने तिम्रो बोली नरम बनाऊ, उनीहरूले रिसाए भने तिम्रो मन ठूलो बनाऊ, उनीहरूले चर्को कुरा गरे भने तिमी मौन भएर मुस्कुराऊ । किनकि आज उनीहरू कमजोर छन् -भोलि हामी पनि त्यही यात्रामा उत्रनेछौँ त्यसैले चर्को बोली उनको घाउको आवाज हो

गंगादत्त अधिकारी :
जब मानिस बुढा हुँदै जान्छ उसको आवाज किन चको हुन्छ ऊ किन झर्किन्छ ऊ जतिबेला पनि किन तनावमा हुन्छ ?
जतिसुकै शान्त, सरल, धैर्यवान मानिस भए पनि-उमेर बढ्दै जाँदा उसको बोली चर्किन्छ, रिस बढी आउन थाल्छ, साना-साना कुरामा झर्किन्छ।
र धेरैजसोले भन्छन्, “अहिले त यति रिसाउने ? किन यस्तो भएको ?” तर भित्रको कथा कोही सुन्दैन । सत्य के हो भने, रिस उनको स्वभाव होइन, पीडा हो। चर्को बोली उनीहरूको इगो होइन, असहायता हो। झर्किने बानी घमण्ड होइन, जीवनले पुऱ्याएको थकान हो।
उमेरले शरीरलाई मात्र होइन, मन र आत्मालाई पनि चास्ने रहेछ।
१. कारण थाकेको शरीर, दुखेको हड्डी
बुढो हुँदै जाँदा शरीरको शक्ति घट्छ। साना-साना काम गर्न पनि दुख्छ, तर बोल्न भने सजिलो हुन्छ। त्यसैले उनीहरू आफ्नो थकान शब्दमा पोख्छन्। बिस्तारै-बिस्तारै चर्को आवाज बन्छ।
उनको चर्को बोली: “म दुखिरहेको छु” भन्ने मनको पुकार हो।
२. कारण-सुन्ने शक्ति कम हुन थाल्नु
कान कमजोर हुँदै जान्छ। आफ्नै आवाज कति चर्को भयो-थाहा हुँदैन। त्यसैले उनीहरू बोल्दा हामीलाई लाग्छ-“रिसाए”, तर उनीहरूलाई लाग्छ-“म त सामान्य रूपमा बोलें।”
३. कारण-आत्मगौरव घट्दै जानु
जसले हिँड्दा हामीलाई हात समातिदिन्थे, आज हिँड्न हामीले समाउनुपर्छ। जसले हामीलाई ख्वाउँथे, आज खाना चपाउन पनि गाह्रो हुन्छ। जसले हामीलाई पढाए, आज अक्षर स्पष्ट देखिँदैन ।
यो परिवर्तन मनले सहनै गाह्रो हुन्छ। त्यही पीडा रिस भनेर बाहिर देखिन्छ।
४. कारण-एक्लोपनको चोट
बुढेसकालमा धेरैथोक बिस्तार-बिस्तार टाढिन्छ-मित्रता, काम, व्यस्तता, स्वास्थ्य, र अन्त्यमा आफूले नै खुसी मान्ने थुप्रै चीजहरू।
अब बुढेसकाल आएपछि बोल्न मन लाग्छ, तर सुन्नेहरू कम हुन्छन्। त्यसैले उनीहरू बक्छन्, झर्किन्छन्, झर्कनु उनकै भाषा बन्न थाल्छ त्यसैले चर्को बोली उनको घाउको आवाज हो।
बुढेसकाल रिसको उमेर होइन, पूर्ण असहायताको उमेर हो। उनीहरूको शरीर कमजोर छ, मन थकित छ, आत्मा नाजुक छ, र यस्तो अवस्थामा साना-साना कुराप्रति पनि उनीहरू जल्दै झर्कंदै प्रतिक्रिया गर्छन् ।
हामीले बुझ्नुपर्ने कुरा -चर्को बोल्नु उनीहरूको गल्ती होइन, त्यसको पछाडि चोट, थकान, पीडा, एक्लोपन, असहायता र अव्यक्त चाहना लुकेको हुन्छ।
जसले बुढेसकाल बुझ्छ, उसले जीवन बुझ्छ।
त्यसैले-उनीहरूले झर्किए भने तिम्रो बोली नरम बनाऊ, उनीहरूले रिसाए भने तिम्रो मन ठूलो बनाऊ, उनीहरूले चर्को कुरा गरे भने तिमी मौन भएर मुस्कुराऊ ।
किनकि आज उनीहरू कमजोर छन् -भोलि हामी पनि त्यही यात्रामा उत्रनेछौँ त्यसैले चर्को बोली उनको घाउको आवाज हो। अब बुढेसकाल आएपछि बोल्न मन लाग्छ, तर सुन्नेहरू कम हुन्छन्। त्यसैले उनीहरू बक्छन्, झर्किन्छन्, झर्कनु उनकै भाषा बन्न थाल्छ। सन्तान आफ्नो जीवनमा व्यस्त हुन्छन् । र उनीहरू भित्रै भित्र चुपचाप भत्किन्छन्। कसैले बुझिदिए हुन्थ्यो भन्ने चाहना चर्को बोलीमा परिणत हुन्छ। चर्को आवाज “मेरो सुनिदेऊ” भनेको आवाज हो।
५. कारण-डर
हो, बुढेसकालको सबैभन्दा ठूलो सत्य डर हो । “कसरी बाँचिएला ?” “कसरी चलिएला ?” “को छ साथ ?” “भोलि के हुन्छ ?” यो अपार डर मनभित्र बाढीजस्तो उठ्छ । त्यसैले उनीहरू जति धैर्यवान थिए, त्यति नै अस्थिर बन्छन्। रिस-उनको कवच हो, जसले डर लुकाउँछ।
६. कारण-सुन्नेहरू अहिलेसम्म कमै भेटिए
जीवनभर कसैले उनीहरूलाई बुझेनन्। उनीहरूको कथा, उनीहरूको संघर्ष, उनीहरूको त्याग -सबै नै मौनमै बिते ।
७. कारण-माया माग्ने तर माग्न नजाने स्वभाव
पुरानो पुस्ताले माया शब्दमा माग्दैन-रिसमा माग्छ। ध्यान व्यवहारमा माग्दैन -झर्किनमा माग्छ। चाहना भावुकतामा होइन-चर्को बोलीमा पोख्छ। उनको झर्किनु “मलाई एकचोटि केही सोध्न त” भन्ने चाहना हो।
८. कारण-बितेका वर्षहरूको चिरा चिरा
तिनका मनमा हजारौं चोट छन्-वर्षों कमाएको सम्पत्ति आज छोराले तिरस्कार गर्छ, नाताले सम्मान बिर्सिन्छ, समाजले मूल्य घटाउँछ।त्यसैले चर्को बोली उनको घाउको आवाज हो।
बुढेसकाल रिसको उमेर होइन, पूर्ण असहायताको उमेर हो। उनीहरूको शरीर कमजोर छ, मन थकित छ, सन्तान आफ्नो जीवनमा व्यस्त हुन्छन् । र उनीहरू भित्रै भित्र चुपचाप भत्किन्छन्। कसैले बुझिदिए हुन्थ्यो भन्ने चाहना चर्को बोलीमा परिणत हाे ।
०००
श्राेत : सामाजिक सञ्जाल
Subscribe
Login
0 Comments
Oldest










































