साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विगेन नेपालको नैकाप सेन्टरमा साहित्यिक तथा सांस्कृतिक कार्यक्रम

सेन्टर संस्थापक तथा सञ्चालक सुरेन तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिवक्ता निरज खनाल प्रमुख आमन्त्रित हुनुहुन्थ्यो भने निमा तामाङ, मङ्गली तामाङ र विना महर्जनलगायत अन्य आमन्त्रितहरूको उपस्थिति रहेको थियो ।

Nepal Telecom ad

काठमाडौं, २०८२ मङ्सिर २७ । विगत लामो समयदेखि अशक्त वृद्ध नागरिकहरूलाई निशुल्क थर्मल थेराफी सेवा प्रदान गर्दै आएको विगेन नेपाल नैकाप सेन्टरले साहित्यिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आठौँ वार्षिकोत्सव मनाएको छ ।

सेन्टर संस्थापक तथा सञ्चालक सुरेन तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिवक्ता निरज खनाल प्रमुख आमन्त्रित हुनुहुन्थ्यो भने निमा तामाङ, मङ्गली तामाङ र विना महर्जनलगायत अन्य आमन्त्रितहरूको उपस्थिति रहेको थियो ।

आमन्त्रितहरूद्वारा दीप प्रज्वल गरि शुरु भएको कार्यक्रममा राष्ट्रियगान गाइएको थियो । सेन्टर व्यवस्थापनका तर्फबाट शारदा रुम्बाले स्वागत गर्दै अशक्त आमाबुवाहरूलाई निशुल्क थेराफीको माध्यमबाट माया–खुशी–स्वास्थ्य सेवा प्रदान गर्ने अवसर पाएकामा गौरव लागेको बताउनु भयो ।

त्यसै गरी सेन्टरमै क्रियाशील भगवती थापा, विपना लोहार, सुष्मा बखती र सत्यदेवी भुजेलले रमाइलो लोकनृत्य प्रस्तुत गरी स्वागत अभिवादन गरेका थिए ।

यस अवसरमा थेराफीमा नियमित उपस्थित हुँदै आउनु भएका असी वर्ष नाघेका वृद्ध बाआमाहरूद्वारा सामुहिक रूपमा केक काटिएको थियो ।

कार्यक्रममा सावित्रा सेवाले आठौँ वार्षिकोत्सव मनाउन पाएकामा खुशी व्यक्त गर्दै शुभकामना गीत प्रस्तुत गर्नु भयो भने बन्दना त्रिपाठी, देवी खनाल र सिर्जना गुरुङले थेराफी गर्नाले कसरी स्वास्थ्य लाभ गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने चेतनामूलक नाटक प्रस्तुत गर्नु भएको थियो ।

त्यसै गरी थेराफी सेवा लिइरहनु भएका साहित्यकार नरनाथ लुइँटेल र नरेश आचार्यले रमाइलो कवितात्मक हास्य दोहोरी प्रस्तुत गर्नुभएको थियो भने कुलप्रसाद दाहालको थेराफी प्रविधिमै केन्द्रित हास्यकविताले सहभागीलाई गजबको मनोरञ्जन प्रदान गरेको थियो ।

थेराफी सेन्टरमा विभिन्न समयमा खेलिएका मनोरञ्जनात्मक प्रतियोगिताहरूमा सफल भएका इया खनाल, गीता बडाल र सीता अर्याललगायत सहभागीहरूलाई प्रमुख आमन्त्रितका हातबाट पुरस्कार प्रदान गरिएको थियोे । सेन्टरलाई आफ्‌नै ठानी यसका समग्र गतिविधिमा उल्लेखनीय र आवश्यक भौतिक एवम् सिर्जनात्मक सहयोग पुर्‍याउँदै आउनु भएका नरनाथ लुइँटेल, नरेश आचार्य, कुलप्रसाद दाहाल, शारदा रुम्बा, शर्मिला सुनार, राेशनी दुलाल लगायत सेन्टरमा सक्रियता पूर्वक सेवा प्रदान गर्दै आउनु भएका सबैलाई हार्दिक धन्यवादसहित सम्मानपत्र एवम् मायाको चिनो प्रदान गरिएको थियो ।

प्रमुख आमन्त्रित र अन्य विशेष आमन्त्रितहरूले थेरापी सेन्टर स्थापना गरि आठ वर्षदेखि निरन्तर सेवा प्रदान गर्ने सुरेन तामाङको सेवाभावको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका सभाध्यक्ष एवम् सेन्टर सञ्चालक सुरेन तामाङले उपत्यकामा सञ्चालित विगेनका एक दर्जनभन्दा बढी थर्मल थेरापीहरू मध्ये नम्बर एक बनाउन सहयोग पुर्‍याउने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो ।

झापा, मोरङ, जनकपुर, चितवन, धादिङ, काठमाडौं लगायत ५६ वटा सेन्टरहरूबाट बिगेन नेपालले कोरियन प्रविधिको निशुल्क थेरापी मार्फत हरेक दिन हजारौँ अशक्तहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

०००
नैकाप सेन्टरमा कार्यरत भगवती थापा / शारदा रूम्बाकाे सौजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x