फित्काैली डटकमझरना साहित्यिक परिवार को ३२१ औँ साहित्यिक शृङ्खला सम्पन्न
झरना साहित्यिक परिवारका अध्यक्ष गायत्री रुपाखेतीको सभाध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा महाकाव्यकार मुना अर्यालको प्रमुख आतिथ्य रहेको थियो ।

मकवानपुर, २०८२ मङ्सिर २६ । झरना साहित्यिक परिवार मकवानपुरले आफ्नो ३२१ औँ साहित्यिक शृङ्खला एवम् निरञ्जना चन्द निरुकृत कविता सङ्ग्रह “वनफूलको विद्रोह” माथि विमर्श कार्यक्रम सम्पन्न गरेको छ ।
झरना साहित्यिक परिवारका अध्यक्ष गायत्री रुपाखेतीको सभाध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा महाकाव्यकार मुना अर्यालको प्रमुख आतिथ्य रहेको थियो ।
विशिष्ट अतिथि तथा कृति समीक्षक डा. निमेष निखिलद्वारा `वनफूलको विद्रोह´ कवितासङ्ग्रहमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
मकवानपुरका अग्रज साहित्यकारहरूको राम्रो उपस्थिती रहेको सो कार्यक्रममा स्वागत मन्तव्य झरनाका कार्यसमिति सदस्य हरिप्रसाद घिमिरेले गर्नुभएको थियो ।
साहित्य सङ्गम तथा सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त भवनमा सञ्चालित उक्त कार्यक्रममा कृतिकारले मन्तव्यसहित आफ्ना केही प्रतिनिधिमूलक रचना वाचन गर्नुभएको थियो भने प्रमुख अतिथिले कृतिको प्रशंसा गर्दै कृतिकार र झरना दुबैलाई निरन्तर अगाडि बढ्न शुभकामनासहितको मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रमकाे सहजीकरण संस्थाका सचिव नीलहरि ढुङ्गेलले गर्नुभएको थियो ।
०००
रमेशमाेहन अधिकारीकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































