फित्काैली डटकमभक्तपुर सुसेली मञ्चको १५औँ शृङ्खला सम्पन्न
भक्तपुर सुसेली मञ्चका अध्यक्ष रामशरण न्यौपाने सभापति, हास्यव्यङ्ग्य स्रष्टा एवम् सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष तथा फित्काैली डटकमका सम्पादक नरनाथ लुइँटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे

भक्तपुर, २०८२ माघ १७ । भक्तपुर सुसेली मञ्च र चाँगुनारायण ३ न्यौपाने गाउँ स्थित फुलब्राइट एकेडेमीको संयुक्त पहलमा एकेडेमीको हलमा मञ्चको १५औँ रचना वाचन शृङ्खला सम्पन्न भएको छ । ।
भक्तपुर सुसेली मञ्चका अध्यक्ष रामशरण न्यौपाने सभापति, हास्यव्यङ्ग्य स्रष्टा एवम् सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष तथा फित्काैली डटकमका सम्पादक नरनाथ लुइँटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे
विशेष अतिथि एवम् अतिथिहरूमा विद्यालयकी प्रधानअध्यापक एलिना दाहाल, चाँगुपत्र साप्ताहिकका सम्पादक हरिसुन्दर छुका:, बुढ्यौली साहित्य महोत्तरीका अध्यक्ष लालबाबु पोखरेल, चागुनारायण माविका प्रधानअध्यापक दधिराम गेलाल, अन्तर जिल्ला चागुनारायण समाजका अध्यक्ष सुरेन्द्र खतिवडा, बयोवृद्व टंकप्रसाद दाहाल र विश्वनाथ ढुङ्गेल, स्रष्टा कृष्ण भण्डारी रहेका थिए ।
यस शृङ्खलामा हास्यव्यङ्ग्य स्रष्टा नरनाथ लुइँटेलले दुई वटा हास्यव्यङ्ग्य कविता वाचन गर्दै देशको वर्तमान अस्तव्यस्त अवस्थाको प्रमुख कारण राजनीतिक अस्थिरता भएको बताए। उनले गाउँ रित्तिँदै जानु, विकासमा अग्रगतिभन्दा अवनति बढ्दै जानु हाम्राे दुर्भाग्य रहेकाे बताउँदै यस्ताे अवस्थाप्रति स्रष्टाहरूले निरन्तर खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याए। कार्यक्रममा नयाँ र पुराना स्रष्टाबीचको सिर्जनात्मक सहभागिता अत्यन्त सुन्दर पक्ष रहेकाे उल्लेख गरेका थिए।
कार्यक्रममा भक्तपुर सुसेली मञ्चका सहसचिव विश्वनाथ ढुङ्गेललाई जन्मोत्सवको शुभकामनासहित दोसल्ला ओढाएर उज्ज्वल भविष्यको कामना गरिएको थियो ।
विशेष अतिथिका रूपमा मन्तव्य राख्दै चाँगुपत्र साप्ताहिकका सम्पादक हरिसुन्दर छुकांले साहित्य समाजको ऐना भएको उल्लेख गर्दै यस्ता साहित्यिक कार्यक्रमहरूले स्रष्टा र पाठकबीच सेतुको काम गर्ने बताए। विशेष अतिथि फुलब्राइट स्कूलकी प्रिन्सिपल एलिना दाहालले विद्यालय परिसरमा हुने साहित्यिक गतिविधिले विद्यार्थीको सिर्जनशीलता विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताइन्।
कार्यक्रममा कविहरू बीके माकजू, सूर्य अधिकारी, सालिकराम दाहाल, कृष्णप्रसाद भण्डारी,श्याम माकजू, टीकाराम गेलाल र बालबालिकाहरू इभाना दाहाल, प्रयास खतिवडा,आकृति न्यौपानेले आआफ्ना बालरचना वाचन गरेको उक्त कार्यक्रम निक्कै सभ्य तरिकाले नेपाली मौलिक परम्पराको ख्याल गर्दै गरिएको र नयाँ पुस्तामा साहित्यको सम्बन्ध गाँस्ने उदेश्यले आयोजना गरेको जानकारी दिइयो ।
बालरचना प्रस्तुत गर्ने इभाना दाहाल, प्रयास खतिवडा र आकृति न्यौपानेलाई कलम र पुस्तक उपहार दिइएको थियो ।अतिथि सुरेन्द्र खतिवडाले शुभकामना मन्तव्य र विश्वनाथ ढुङ्गेल, लालबाबु पोखरेल, दधिराम गेलाल, हरिसुन्दर छुका:, एलिना दाहाल,प्र मुख अतिथि, सभापति र सञ्चालकले समेत रचना वाचन गरेका थिए ।
सहभागीहरूले समसामयिक विषयवस्तुमा आधारित सिर्जना वाचन गर्दै समाज र राजनीतिले सिर्जनामा पार्ने प्रभावबारे विचार समेत व्यक्त गरे।
कार्यक्रममा रामशरण न्यौपाने, श्यामप्रसाद गेलाल, कृष्णहरि गेलाल, डिल्लीप्रसाद मूलतिहुन, बिके माकजु, विश्वनाथ ढुङ्गेल, सालिकराम दाहालले चाँगुपत्र साप्ताहिकको वार्षिक ग्राहक बन्ने घोषणा गरे ।
कार्यक्रममा सुरेशप्रसाद दाहाल, साहिल दाहाल,सार्थक न्यौपाने, आदित्य न्यौपाने, भवानी सापकोटा, रोसनी खड्का, कुसुम खड्का, सुजाता कार्की, स्पर्श न्यौपाने, शाश्वत न्यौपाने, आर्यन शर्मा, एलिना खनाल, सरस्वती बस्नेत, शान्ता दाहाल, प्रयुस खतिवडा, सुविज्ञ न्यौपाने, सीता सापकोटा, खिलप्रसाद दाहाल, राजन पौडेल, झरना न्यौपाने, बयोबृद्व नरेन्द्रराज खनाल र भाइस प्रिन्सिपल रमेश दाहालको उपस्थिति थियो ।
आयोजक समितिका अध्यक्ष तथा सभापति रामशरण न्यौपानेले सुसेली साहित्य सरल तर प्रभावकारी विधा भएको उल्लेख गरे। कार्यक्रमको सुरूवातम स्वागत र समापनमा मञ्चका कोषाध्यक्ष बिके माकजुले सुसेलीमै धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम सञ्चालन मञ्चका सचिव डिल्लीप्रसाद मूलतिहुनले गरेका थिए । विद्यालयका तर्फबाट चियापान र खाजाको व्यवस्था गरिएको थियो ।
०००
डिल्लीप्रसाद मूलतिहुनकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest








































