साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महेन्द्र चालिसेको कृति ‘रङगभेद’ विमोचित

कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकले ६ सय अङ्क प्रकाशन गरेको सुअवसरमा पत्रिकाका संरक्षक सदस्य साहित्यकार महेन्द्र चालिसेको लघु कथा सङ्ग्रह रङगभेदको विमोचन गरियो ।

Nepal Telecom ad

काठमाडाैं । नेपालको पहिलो र एक मात्र साहित्यिक साप्ताहिक पत्रिका कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकले ६ सय अङ्क प्रकाशन गरेको सुअवसर पारेर बुधबार साहित्य सदन रामहिटीमा पत्रिकाका संरक्षक सदस्य साहित्यकार महेन्द्र चालिसेको लघु कथा सङ्ग्रह रङगभेदको विमोचन गरियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, सभापति पत्रिकाका प्रबन्धक साहित्यकार गङ्गा कर्माचार्य पौडेल, गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाल, बुनपा ९ का वडा अध्यक्ष राजिव थापा, लेखक महेन्द्र चालिसे, लेखक पत्नी इन्दिरा चालिसे, समीक्षकद्वय ठाकुर शर्मा, गोपि मैनाली र कपन बानेश्वरका प्रकाशक सम्पादक निबन्ध आचार्यले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए ।

लेखक महेन्द्र चालिसेले लेखकीय सहित स्वागत मन्तव्य दिएपछि लघुकथा गान बजाएर कार्यक्रम उद्घाटन गरिएको थियो भने परम्परागत विमोचन भन्दा पृथक रुपमा समीक्षकहरु ठाकुर शर्मा र गोपि मैनालीद्वारा समीक्ष्यात्मक टिप्पणी गरिएपछि मात्र पुस्तक विमोचन गरिएको थियो ।

विमोचन पश्चात सभापति गङ्गा पौडेलले लेखक पत्नी इन्दिरा र प्रमुख अतिथि रोचक घिमिरेले लेखक महेन्द्र चालिसेलाई रुद्राक्षको माला लगाइदिएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाल र गोनपा ९ का वडा अध्यक्ष राजिव थापाले साहित्य र साहित्यकारको लागि गोनपाले काम गरिरहेको र गरिरहने कुरा बताए ।

युवराज मैनाली ,रमेश खनाल र शङ्कर भारतीले शुभकामना दिनएको सो कार्यक्रममा एन बी जनकपुरेले महेन्द्र चालिसेको गीत गाएर सुनाएका थिए ।

प्रमुख अतिथि रोचक घिमिरेले साहित्यिक त्यसमाथि पनि समाचारमुलक साप्ताहिक रुपमा निकालेर ६ सय अङ्क सम्म पुर्याउनु हिमाल चढ्नु बराबर हो भन्दै महेन्द्र चालिसेको पहिलो कथा सङ्ग्रह भन्दा यो परिस्कृत भएर आएको बताए ।

सभापति गङ्गा कर्माचार्य पौडेलले पत्रिका प्रकाशन सामुहिक काम भएको र कबा समुहले मिलेर काम गरेको कारण नै ६ सय अङ्कसम्म पुग्न सफल भएको बताएकी थिइन् ।

आलोक चालिसेद्वारा सञ्चालि कार्यक्रममा प्रकाशक सम्पादक निबन्ध आचार्यले धन्यवाद ज्ञापन् गरेका थिए । कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको प्रकाशन रहेको ‘रङ्गभेद’ चालिसेको तेह्रौं प्रकाशित कृति हो । यस भित्र ६५ वटा लघुकथा सङ्ग्रहित छन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x