फित्काैली डटकमचन्द्रागिरि साहित्य सराेवरकाे ५१ अैाँ श्रृङ्खला
सराेवरकाे ५१ अैाँ श्रृङ्खला डा. रमेश शुभेच्छुकाे प्रमुख आतिथ्यमा मुनाल क्लव सभाहलमा सम्पन्न भएकाे हाे ।

काठमाडाैं चन्द्रागिरी क्षेत्रमा क्रियाशील साहित्यिक संस्था सराेवरकाे ५१ अैाँ श्रृङ्खला डा. रमेश शुभेच्छुकाे प्रमुख आतिथ्यमा मुनाल क्लव सभाहलमा सम्पन्न भयाे । कार्यक्रममा १२ जना स्रष्टाहरूले आफ्ना रचना वाचन गरेका थिए ।
रचना वाचन गर्ने स्रष्टाहरूमा डा रमेश शुभेच्छु, प्रा. भाेला चालिसे, खगेन्द्र दाहाल, गाेपीचन्द्र कार्की, हरिशरण आचार्य, जगन्नाथ तिमिल्सिना, काशीराज सुवेदी, प्रा.सरिता पराजुली, कृष्ण बस्नेत, लक्ष्मणप्रसाद वश्याल, तुलसी भण्डारी, राजु महत हुनुहुन्थ्याे ।

वाचित रचनाहरूमाथि समीक्षात्मक टिप्पणी गर्दै डा. शुभेच्छुले साहित्यिक सिर्जना कर्मले आत्मसन्तुष्टी दिने मात्र हाेइन, जीवनलाइ मार्गदर्शन प्रदान गर्छ भन्नु भयाे ।
कार्यक्रम साहित्य सराेवरका संयाेजक गेापीचन्द्र कार्कीकाे सभापतित्वमा भएकाे थियाे भने सञ्चालन काशीराज सुवेदीले गर्नु भएकाे थियाे ।
०००
Subscribe
Login
0 Comments
Oldest






































