साइबर अपराध सम्बन्धी सचेतना सामग्री

…किन बन्दिनन् मुमा ?

बनेर प्यारा जति नातिनातिना सँगै बसेका कलिला हिया मुना मिलेर माया ममता हुने उमा नसम्झ सासू किन बन्दिनन् मुमा ?

Nepal Telecom ad

कविराज घिमिरे :

सँगै छ नाता मनको बियाड जो
छ खेतबारी उनकै विशाल यो
प्रफुल्ल पार्ने सुत छन् उनी यहाँ
नसम्झ सासू किन बन्दिनन् मुमा ? १

सफेद आफैँ मलभित्र हुन्छ र ?
छ चाह पारुन् घरबार सुन्दर
सिकाउँदै छिन् हररोज ठाउँमा
नसम्झ सासू किन बन्दिनन् मुमा ? २

छ सोच चोखो बलवान् विचार छ
अतीव प्यारी उनको प्रचार छ
भलो हुने मात्र छ कर्म चौगुना
नसम्झ सासू किन बन्दिनन् मुमा ? ३

हरेक सासू सुखदुःख बाँड्दछन्
प्रमोह फ्याँक्ने वन झार फाँड्दछन्
सशक्त वृद्धाकन लौ परे चुना
नसम्झ सासू किन बन्दिनन् मुमा ? ४

बनेर प्यारा जति नातिनातिना
सँगै बसेका कलिला हिया मुना
मिलेर माया ममता हुने उमा
नसम्झ सासू किन बन्दिनन् मुमा ?

०००
(भक्तपुर बुढ्यौली सा.स.मा अभ्यास)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x