फित्काैली डटकम‘युगकवि सिद्धिचरण पुरस्कार–२०८३’ वरिष्ठ साहित्यकार शर्मालाई
प्रतिष्ठानले नगद एक लाख रुपैयाँको सो पुरस्कारसहित सम्मान गरिने आज एक विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।

काठमाडौँ । युगकवि सिद्धिचरण श्रेष्ठको ११५ औँ जन्मजयन्तीको अवसरमा यस वर्षको ‘युगकवि सिद्धिचरण पुरस्कार–२०८३’ वरिष्ठ साहित्यकार प्राडा गार्गी शर्मालाई प्रदान गर्नेनिर्णय युगकवि सिद्धिचरण प्रतिष्ठानले गरेको छ ।
प्रतिष्ठानले नगद एक लाख रुपैयाँको सो पुरस्कारसहित सम्मान गरिने आज एक विज्ञप्ति जारी गरी जानकारी दिएको हो । युगकवि श्रेष्ठको साहित्यिक तेज तथा सांस्कृतिक धरोहरलाई जीवन्त राख्ने उद्देश्यले प्रतिष्ठानले प्रत्येक वर्ष नेपाली साहित्य क्षेत्रमा दीर्घकालीन एवं उल्लेखनीय योगदान पुर्याउने अग्रणी साहित्यकारलाई पुरस्कार प्रदान गर्दै आइरहेको छ ।
यस पुरस्कारका लागि प्राडा मोहन लोहनीको संयोजकत्वमा गठित पुरस्कार छनोट उपसमिति गठन गरिएको थियो । जसमा सदस्यका रूपमा प्राडा अभि सुवेदी र प्राडा उषा ठाकुर रहनुभएको थियो ।
युगकवि श्रेष्ठको जन्म विसं १९६९ जेठ ९ गते भएको थियो भने उहाँको निधन विसं २०४९ जेठ २२ गते भएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest







































