साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

पलपल पृथिवीकी प्राण हुन् जान छोरी विचलित मन बन्दा त्राण हुन् जान छोरी कलुषित मन टाढा बन्छ उत्सर्ग हुन्छ घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ।

Nepal Telecom ad

वेदप्रसाद रिजाल :

जबजब दुहिताले स्पर्श गर्छिन् धराको
तबतब छ झझल्को नेत्रमा अप्सराको
मनभरि तब प्यारो भावको स्पर्श हुन्छ
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ।

रहर अझ उदाए लाग्छ प्यारो हवेली
जगमग घर पारी जन्मिइन् आज चेली
हरदिन धरतीमा हर्षको पर्व हुन्छ
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ।

भुवनभर फुलाई मालती चाँप जाई
अधिक महक छर्दै हेर धर्ती सजाई
मुसुमुसु जब छोरी हाँस्दछिन् हर्ष हुन्छ
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ।

हरदम तनयानै धर्मको राह चिन्छिन्
सुख र दुख निहार्छिन् दर्दमा साथ दिन्छिन्
बुझ जब दुहिताको जन्मसन्दर्भ हुन्छ
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ।

पलपल पृथिवीकी प्राण हुन् जान छोरी
विचलित मन बन्दा त्राण हुन् जान छोरी
कलुषित मन टाढा बन्छ उत्सर्ग हुन्छ
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ।

०००

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
वेद प्रसाद रिजाल
वेद प्रसाद रिजाल
3 months ago

हार्दिक धन्यवाद फित्कौली परिवारलाई !

Bed Prasad Rijal
Bed Prasad Rijal
3 months ago

पलपल पृथिवीकी प्राण हुन् जान छोरी विचलित मन बन्दा त्राण हुन् जान छोरी कलुषित मन टाढा बन्छ उत्सर्ग हुन्छ घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ।
जबजब दुहिताले स्पर्श गर्छिन् धराको
तबतब छ झझल्को नेत्रमा अप्सराको
मनभरि तब प्यारो भावको स्पर्श हुन्छ
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ।

रहर अझ उदाए लाग्छ प्यारो हवेली
जगमग घर पारी जन्मिइन् आज चेली
हरदिन धरतीमा हर्षको पर्व हुन्छ
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ।

भुवनभर फुलाई मालती चाँप जाई
अधिक महक छर्दै हेर धर्ती सजाई
मुसुमुसु जब छोरी हाँस्दछिन् हर्ष हुन्छ
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ।

हरदम तनयानै धर्मको राह चिन्छिन्
सुख र दुख निहार्छिन् दर्दमा साथ दिन्छिन्
बुझ जब दुहिताको जन्मसन्दर्भ हुन्छ
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ।

पलपल पृथिवीकी प्राण हुन् जान छोरी
विचलित मन बन्दा त्राण हुन् जान छोरी
कलुषित मन टाढा बन्छ उत्सर्ग हुन्छ
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ।

Nepal Telecom ad
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
बुबामुमा सुखी रहुन्

बुबामुमा सुखी रहुन्

कल्पना अधिकारी
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
हो म पागल भएकै हो बृद्धाहरुको लागि

हो म पागल भएकै...

भावना न्याैपाने
2
0
Would love your thoughts, please comment.x
()
x