सूर्यमाया र सूर्जप्रसाद मिश्रका सुपुत्र हृदयचन्द्रसिंह प्रधानको जन्म १९७२ फागुन ४ गते मरुहिटी, काठमाडौंमा भएको हो । कुनै पनि औपचारिक शिक्षा नलिएका प्रधान स्वाध्ययनले शिक्षित भएका थिए र सरकारी नोकरी गर्दथे । १९९२ मा शारदा पत्रिकामा ‘मातृस्नेह’ शीर्षकको निबन्ध प्रकाशित गरेर नेपाली साहित्यमा प्रवेश गरेका प्रधानको पहिलो कृति ‘भू-स्वर्ग’ (२००३) निबन्धसङ्ग्रह प्रकाशित भएको थियो । प्रधानका निबन्धसङ्ग्रहहरूमा ‘तीस रुपैँयाको नोट’ (२००४), ‘जुँगा’ (२००९) लगायत चार कृतिहरू प्रकाशित छन् । यसैगरी उपन्यासहरूमा ‘स्वास्नीमान्छे’ (२०११) र ‘एकचिहान’ (२०१७) प्रकाशित छन् । अन्य एकाङ्की, कथासङ्ग्रह तथा समालोचनासङ्ग्रह गरी झण्डै दर्जन कृतिहरू प्रकाशित छन् । प्रधानलाई ‘नेपाल साहित्य परिषद्’द्वारा साहित्य सम्मेलनमा पुरस्कृत गरिएको थियो । उनकाे निधन - वि.सं. २०१६ मा भएकाे थियाे ।
बिरालो
हृदयचन्द्रसिंह प्रधान : डराउने पनि एउटा बानी नै हुँदोरहेछ । कत्ति कोशिस गर्दा पनि मेरो डराउने
पुरा पढ्नुहाेस्मुसालाई वेद पढाउने धूनमा
हृदयचन्द्रसिंह प्रधान : म हिजो बेलुकी भात खाएर सुतेको त सुत्दासुत्दै पुरोहित बाजे बन्न पुगिरहेको ।
पुरा पढ्नुहाेस्जुँगा
हृदयचन्द्रसिंह प्रधान : मेरो कुराको विरोधमा मानिसहरूको वकालत छ कि पहिले बामे सरिरहेको बेला पनि सोच्न
पुरा पढ्नुहाेस्जुँगा
मानिसहरू नपत्याउलान् भन्ने डरले मात्र, साँच्ची भनूँ भने बामे सरिरहेको बेलादेखि नै मलाई जुँगाको भारी सोख
पुरा पढ्नुहाेस्

hridayachandra sing



























