सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बिरालो

हाम्रो सामाजिक भूल भएको हुनाले बिरालोले चाेर बन्नुपरेको छ । उ चोर हुनु हाम्रो निम्ति खतरा छ, यसैले उसलाई भद्र बनाएर उसबाट हामीले गुणमात्र दुहिरहन खोज्नु हाम्रो सामाजिक बुद्धिमानी हो ।

Nepal Telecom ad

हृदयचन्द्रसिंह प्रधान :

डराउने पनि एउटा बानी नै हुँदोरहेछ । कत्ति कोशिस गर्दा पनि मेरो डराउने बानी आफ्नो काबूमा आएन । डरको छाया देखेपछि टाउकोको गिदी पनि सुकेर जाँदोरहेछ । मेरो दुबै खुट्टामा हाड पनि पग्लेर गए कि कुन्नि शरीर बोक्न नै ती असमर्थ भएको देख्तछु । डरले आफ्नो साथ अँध्यारो पनि लिएर आउँछ क्यारे आँखाले उज्यालो पटक्कै देख्तैन । वास्तवमा बानीले हामीलाई गजबसितै खसाल्दो रहेछ । डराउने बानी बसिरहेको हुनाले जहिल्यै पनि मेरो बिरालो देखेपछि सातो बिदा हुन्छ । कति बिरालो मानिसलाई देख्नासाथ सुइँकुच्चा ठोक्तछन् । बिरालोलाई पनि मानिसदेखि डर रहेछ । तर म पनि मानिस हुँ, पशु-पंक्षी कुनै होइन । मचाहिँ मदेखि बिरालो डराएको अनुभव पाउँदिनँ, खालि मैले आफूलाई बिरालोदेखि मात्र डराइरहेको पाइरहेको छु ।

अनुभव छिपिदै आएदेखि मेरो टाउकोको गिदी संसार ताैल्न र नाप्न खोजिरहेको छ । संसारको चारैतिर उ हेरेर दिनपर दिन थाह बढाउने चेष्टामा छ । वस्तुस्थितिको थाह बढाउँदै मेरो गिदीले राम्राे पत्ता पाइसकेको छ, मानिस विनासित्त बिरालोदेखि डराउँदछन् । बिरालोले मानिसलाई केही पनि गर्दैन भन्ने थाह पाएर पनि म विरालाेदेखि अझै पनि डराउँदैछु । विरालो देखेपछि मेरो हंसले ठाउँ छोड्दछ, मुटु ढुकढुकिन्छ । विरालोबाट तर्सेर मेरो सातो घाट पुग्दा- नपुग्दै बिरालो पनि मेरो नजरबाट गायव भइसक्छ, अनि मेरो बुद्धि ब्युँझेर सातोलाई घर फर्कने सल्लाह दिनथाल्छ । बिरालोलाई नदेखुञ्जेल मेरो बुद्धि निडरताको लामो लामो व्याख्या झारिरहन्छ, जसै आँखा अगाडि बिरालो बाबा जुँगा तिखार्दे खैरो आँखाले हेर्न पाइपुग्छ, मेरो बुद्धिको सेखी उत्निखेरै खुम्चिहाल्छ, डरको आाेतलाग्न पुगिहाल्छ ।

बिरालो देखेपछि मुटुमा घडी हाने तापनि नदेखेको बेला बुद्धि तार्किक हुँदै धाइरहेको हुन्छ । बिरालोले मलाई के बिगार गर्दछ, त्यसलाई देखेर म किन तसिन्छु, साँच्चै पो उसले भेटाएपछि बिताइ दिदो हो कि इत्यादि तर्कको कसीमा घोट्दै विचारिरहन्छु । बिरालोदेखि डराउनु त निराधार छ भनी तर्कले बताइ पनि रहेकै छ, तैपनि म उसलाई देखेपछि नडराउन सक्तिन । बुद्धिले उचाल्दै ल्याए अनुसार बिरालोका बारेमा मलाई थाह पनि बढ्‌दै आइरहेको छ । थाह बढ्‌दा बढ्दा बिरालो त हाम्रो ज्यादै हितैषी जनावर हो, उसले हामीलाई केही पनि गर्दैन भन्ने कुराको म नजीक पुग्दैछु तापनि विरालो बाबाले म्याउ गरेपछि मेरो होश हराउँछ ।

बिरालोको बारेमा मैले विचार पोख्नु परे, उसको बारेमा मैले केही लेख्नुपरे सारांशमा म यही कुरा लेख्दछु “उ सारै असल छ, सुधो छ, धान चामल प्रशस्त पाएर पनि हाम्रा राम्रा राम्रा असल लुगाहरूलाई खाइदिने मूसाहरूलाई धपाइदिएर हाम्रो हित गर्दछ, शैशव र बालप्रवृत्ति अनि उनीहरूका काेमल मस्तिष्क-तन्तुमा अनेक कुतूहल-वृत्ति र प्रेरणा जागरण गराएर मानव विकासलाई बुच्चाउँदछ । उ मानिसको सहित काम केही पनि गर्दैन । उ चोरेरे मानिसहरूलाई बडो दुःख दिन्छ । आँखा चिम्ल्यो कि चोर्नसक्छ । उसको छाना बाटो भएको हुनाले उसबाट बचावट गर्न पनि मानिस हरूलाई विघ्न गाह्रो पर्छ । एउटा आङ अटाउने प्वाल भए त उसलाई पुगिहाल्छ । उसको बाटो त मानिसहरूलाई असम्भव जस्तै गाह्रो छ । रखवालीको निम्ति कुकुर छोडिदिनु पनि भएन : उसको बाटाे प्रायः बुइगल र भान्छाघरको छाना र झ्याल हुन्छन् । प्रायः हाम्रो भान्छा भने बुइँगल नै हुन्छ । कुकुर बुइँगल र भान्छाधरको निम्ति अछूत छ ।

मानिसहरुको यो भनाइ साधारण दृष्टिले हेर्दाखेरि त हो कुरा जस्ता छ । तर गहिरिएर विचारे यस कुरामा हामी प्राफ्नो मौलिक र वैज्ञानिक त्रुटि पाउँदछो; बिरालोलाई चोर तुल्याउने हामी आफै साबित हुन्छौं । वास्तवमा बिरालो जंगल अथवा कहींबाट हाम्रो खानेकुरा चाेर्नलाई हाम्रो बस्तीमा पसिरहेको होइन, बरु हामीले उसलाई आफ्ना हितका केही कुराको रक्षाको निम्ति जंगलबाट ल्याई पालिराखेको हुनसक्छ र उसमाथि हामीले धेरै बेकूफी गरेका छौं : हामी उसलाई भरपेट ख्वाउन त के २ सिता भात पनि उसलाई नदिने भइसक्याैँ । बिरालोको संख्या घरैपिच्छे एउटा एउटामात्न भए पनि उसलाई ख्वाउन मानिसहरूलाई गाह्रो भयो भन्न सुहाउँछ ।

टोलभर- को बिरालो जम्मा गरेपनि १२ वटा हुन मुश्किल छ । हरेक घरले एक-एक गाँसमात्र भात मिल्काइदिए पनि बिरालोको निम्ति आैला- दौला हुन्छ । त्यतिकैमा उसले अधाउने गरेर खान पाउँछ । उसबाट मिलिरहेका गुणलाई हामीले बिसिसक्यो । अब उ हामीलाई एउटा शत्रु जस्तो भइसक्यो । उसले के गरोस् विचरा ! जंगले फर्के जाति च्युतको अपराधमा उसको समाजले फाँसीमा लट्‌काइदिनेछ । पेटको समस्या हामीलाई मात्रै होइन, उसलाई पनि हुँदैछ । बरु योक के बरोस् चोर-चारको कला सिक्नैपच्यो । चोरी नै उसको निम्ति रोजगार भयो । खानको समस्यामा बल्झन नपरे कोही पनि चोर र मनाचारी हुँदैनथे ।

बिरालोलाई चोर दोस्याउनुभन्दा उदारताको चोरी हामीले कति भन्यौं, यो पत्ता लाउनु हाम्रो बुद्धिमानी हो । पेटभर खानसम्मको उसको क्षुद्र असन्तुष्टि हामीले मेटाइदिए हाम्रो शान्ति खलल उसले कदापि गर्ने छैन । बिरालोलाई हामीले धसम्बन्धी कदापि भन्न सक्तैनौं । यसैले एकको असंतुष्टि नै अर्काको शान्ति-भंगको कारण हुनजान्छ । हामीले उसलाई नख्वाउनमात्र होइन, चोर्ने सुविधासमेत झिकिदियाैँ भने उ हामीसित प्रत्यक्ष सामना गर्ने समेत समर्थ हुनेछ ।

अतः हामी- प्रतिको उसको सेवा जानेर उसलाई संतुष्ट गर्नु हाम्रो ठूनो बुद्धिमानी हो । दुई गाँस जूठो-सूठो वा केही स्वा-सूबा खानेकुरो फ्याँकेर उसको नगण्य संतुष्टिको हामीले विचारेनौंभने उसको दाउमा हाम्रा कवाफ पनि पर्नजाने धेरै सम्भव छ । यसैले बिरालो पनि हाम्रो सम्बन्धी भएको हुनाले सामाजिक प्राणी हो । हाम्रो सामाजिक भूल भएको हुनाले बिरालोले चाेर बन्नुपरेको छ । उ चोर हुनु हाम्रो निम्ति खतरा छ, यसैले उसलाई भद्र बनाएर उसबाट हामीले गुणमात्र दुहिरहन खोज्नु हाम्रो सामाजिक बुद्धिमानी हो ।

वास्तवमा हामी मनोवैज्ञानिक प्राणी होइनाै खालि ज्ञानीमात्र । यसैले हाम्रो ज्ञान अज्ञान सिद्ध भइरहेको हामी देखिरहेका छौं। हामीलाई ज्ञानभन्दा तात्त्विक चाहको नाम विज्ञान हो । त्यही सूक्ष्म-विज्ञानकै अर्को नाम हो मनोविज्ञान । अर्थात कुनै वस्तु, साधन, कुरा, क्रिपाबाट हुने प्रतिक्रिया समेतको ज्ञान हो सूक्ष्म विज्ञान वा मनोविज्ञान । अतएवं हामीलाई ज्ञान विज्ञानभन्दा मनोविज्ञानको अत्यावश्यक छ । हामीले मनोविज्ञानको अध्ययन गरी मनोवैज्ञानिक हुनैपर्छ ।

हामीले बिरालोले चोरेको मात्र देखेकाछौं, उसले चोर्ने गरेको काम हाम्रो कुन क्रियाको प्रतिक्रिया हो, हामीले बुझ्ने चेष्टा गरेका छैनौं । यदि हामी मनोवैज्ञानिक भए हामी प्रष्ट बुझ्नेछौं, उसलाई भोकाएको हाम्रो क्रियाको प्रतिक्रियामात्र हो ।

विज्ञानको ध्वंसात्मक लीला देखेर हिजो आज धेरैको भनाइ छ, विज्ञानभन्दा ज्ञान हितकर छ, विज्ञानले हामीलाई नाशात्मक प्रवृत्तिमा घचेट्दछ, ज्ञानले सात्त्विक मनोवृत्तितिर जान प्रेरित गर्दछ । मेरो विचारमा त ज्ञानभन्दा विज्ञान नै हाम्रो निम्ति बढ्ता हितकर छ, किनभने विज्ञान सूजन-कलाको साधन हो। सूजन नै हाम्रो सुखको आधार हो। तर हामी चाहे ज्ञानीमात्र हो, चाहे वैज्ञानिक, अनि- बायंत हामीले मनोवैज्ञानिक हुनैपर्छ यदि हामी मनोवैज्ञानिक भए एटम बम बनाएर संहार गर्ने कामतिर अगि सर्दैनौं, किन भने त्यसको प्रतिक्रयाको स्वरूप हामी अगिवाटै हेर्ने गर्छौं ।

बिरालोको सम्बन्धमा मलाई पूरा थाह भइसकेको छ, वास्तवमा त्यो कति पनि चोर होइन, त्यसलाई चोर बनाउने हामी आफै हो, न त्यो हामीलाई केही गर्ने हिंस्रक जनावर नै हो ! त्यसको तस्करवृत्ति त हाम्रा धनुदार क्रियाको प्रतिक्रियामात्त्र हो भन्ठानेर त्यसप्रति म हिजो-आज उदार हुँदै आइरहेको छुः त्यो आउँदा मैले केही खानेकुरा अगाडि राखिदिने गरिरहेको छु । तर उ खाँदैन । मेरो खाने कुरालाई आँखाको कुनाले पनि हेर्दैन । शायद उ ठान्दो हो, खानेकुराको पासोमा मलाई समात्न खोजेको होला । हामीहरूको बीचमा एक किसिमको तोडिम् भाव फैलिसकेको छ । यसैले हामीहरू माथिको उसको अविश्वास कहाँ झट्ट खारिन्छ ? तर उसप्रतिको मेरो व्यवहार र नीतिमा सत्यता भएको हुनाले मलाई विश्वास छ, मेरोप्रति पनि स्नेहशील हुँदै आउने छ ।

बडो आश्चर्यको कुरा छ, बिरालोप्रति म दयालु र भावुक हुँदै आइरहेको साथसाथै वास्तवमा त्यो भयानक पनि होइन, हिंस्रक पनि होइन भन्ने थाह बढ्‌दै आइरहेर पनि म त्योदेखि त्यतिकै भयभीत छु, जति बालक छँदा बिरालोको परिचय केही पनि थाह नपाएर खालि डरकै निम्ति डराउँदथे । मैले माथि भनेको कुरा खूब सत्य कुरा हो, डराउने पनि एउटा बानी नै हुँदोरहेछ । हाम्रो उच्छृं‌खलता र हाँरापनबाट रक्षा गर्नको निम्ति बिरालोको ‘म्याउ-तोप’ हानेर आमा-बाबुहरू आफ्ना छोरा-छोरी काबू राख्नेगर्छन् ।

हुन त यो उनीहरूको छोराछोरीहरूमाथिको प्यार हो, तर मैले आफ्नो अनुभवको बलले थाह पाइरहेको छु, यसबाट साहस र वीरता खोक्किएर मानिसहरू बेकामका जीव बनिरहेका छन् । हाम्रो नडराउने बानी भएको भए बाघभालुले पनि हामीलाई केही गर्दैनन्, न भूत-वोक्सीको सृष्टि हुन्छ । कसैले पनि कसैलाई केही गर्दैनन्, यो कुरा सूर्य जस्तै सत्य हो । मौनरूपमा मानिसहरू उन्नति, कि ? त्यसैले आफ्ना छोराछोरीलाई अभ्युदय र विकासका शत्रु हुन् सानैदेखि तर्साउने गर्दाहुन् अथवा त्यस्तै कुनै दुष्टको मौन र धदृश्य दुष्टतामा आजसम्म मानिसहरू बेहोशिएर शिकार हुँदैछन् ।

०००
७, वैशाख, २००५ ।
जुँगा, (२०४१)

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मुसालाई वेद पढाउने धूनमा

मुसालाई वेद पढाउने धूनमा

हृदयचन्द्रसिंह प्रधान
जुँगा

जुँगा

हृदयचन्द्रसिंह प्रधान
टोयलेट मोड़ (९)

टोयलेट मोड़ (९)

कृष्ण प्रधान
खोपडी खेल

खोपडी खेल

नन्दलाल आचार्य
खोपडीको घनत्व

खोपडीको घनत्व

शेषराज भट्टराई
विदा गराउने शोक

विदा गराउने शोक

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x