साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विषमता

प्रेमपूर्ण जिजीविषाका सपनाहरू भित्र भित्रै रुमलिँदा हठात् तेर्सिएका छन् टिठलाग्दा राक्षसी छेकबारहरू, तथापि अघि बढ्छन्, छिचोल्दै विषमताका पहाडहरू हिम्मतका पाइला र साहसी फड्काहरू ।

Nepal Telecom ad

कुमार खड्का :

चुल्बुलिँदो भावनामा रम्दै
उम्लिरहन्छन् उमङ्गहरू
आत्मिक सत्सङ्ग हुन् या
पालुवाका हरित रङ्गहरू,
सारा प्रकृत देखिन्छन्
सारयुक्त रमणीय तरङ्ग
छिनमै सुन्दर, तर विस्मृत
अपसकुन बग्रेल्ती हुँदा
औँसीका नीर मसी
चुक घोप्ट्याएझैं लाग्छ ।

दृष्टिको धुमिल घेरा हो या
तुवाँलोले ढाकेको बस्ती
कल्पना र आशङ्का बीच
क्वार्‍क्वार्ती नियाल्दै,
हराएका आकाशसँगै
काँप्दो धरतिका सन्त्रास,
सागरको उर्लदो छालझैँ
हतारोका भागदौडहरू,
घवराहट हुँदाको सोच
अझै तीव्रतर वेगमा
बिजुलीको चम्काहटसँगै
चट्याङको भावमा जाग्छन् ।

तर्साउन खोज्छन्, निर्ममताहरू
एकोहोरो नियाल्दाका उद्वेग
मृगतृष्णा भइसकेका चाहना भित्रै
बिउँझन्छन् सम्भावनाहरू,
निचोरिन्छन् एकमुठी श्वाससँगै
रोकिन्छन् गला अनायासै,
प्रेमपूर्ण जिजीविषाका सपनाहरू
भित्र भित्रै रुमलिँदा
हठात् तेर्सिएका छन्
टिठलाग्दा राक्षसी छेकबारहरू,
तथापि
अघि बढ्छन्, छिचोल्दै
विषमताका पहाडहरू
हिम्मतका पाइला र
साहसी फड्काहरू ।

अनायास
बाध्यताका गलफन्दीहरूले
लगाउँछन् सिथिलताका पूणर्विराम !
रोकिन्छन् सम्पूर्ण सारहरू ..!!!

०००
आलापोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोकान

चार ठोकान

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x