साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध वाणी

वृद्धका मनको पीडा आँसु बनेर आउँछ, को देख्छ मनको ताप भित्रभित्रै डढाउँछ ।

Nepal Telecom ad

गणेश अधिकारी :

युवा वयस्क चाहन्छन् धन स्वास्थ्य र प्रज्ञता,
कर्मयोगी बनी खाने नेपालीको विशेषता ।१

कर्मसँगै रमाउने हाम्रो जीवनको कथा,
खडेरी रोजगारीको नेपालको भयो व्यथा ।२

न्याय,अर्थ सबै ध्वस्त नेता राष्ट्र विरुद्ध छन्,
गरीब राष्ट्रका नेता धनी छन् परसेवी छन् ।३

कर्म प्राप्ति कहाँ होला धर्ती सर्वत्र खोज्नु छ,
परिवार सबै छोडी विदेशी भूमि रोज्नु छ ।४

शिक्षाका निम्तिमा त्यस्तै विदेशकै भयो भर,
वृद्ध छोडी सबै जान्छन् अन्य उपाय छैन र ?५

गरिखान असमर्थ घर्किंदो वृद्धको वय,
शक्ति सामर्थ्यले हीन हुँदै छ तन निष्क्रिय ।६

अस्ताचलमा पुग्दा सूर्यको तेज घट्दछ,
वयोवृद्ध उसै गर्छ सक्रियता गुमाउँछ ।७

वाध्यताले कति वृद्ध वृद्धाश्रम पुर्याइयो,
सन्तानमाथिको माया पीडादायी बनाइयो ।८

वृद्धका मनको पीडा आँसु बनेर आउँछ,
को देख्छ मनको ताप भित्रभित्रै डढाउँछ ।९

०००
२०८०।१०।१९
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गरिबीमा बुढ्यौली

गरिबीमा बुढ्यौली

गणेश अधिकारी
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x