साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गरिबीमा बुढ्यौली

वृद्ध भत्ता अपर्याप्त दया दान छ दुर्दभ, हात-पाउ चलेसम्म भिक्षा ठान्दछ वैभव । स्वार्थी विचार यो कस्तो मानवमा विभेद यो, सुक्खा पत्कर झैँ हल्का धर्मराएर हिँड्छ त्यो ।

Nepal Telecom ad

गणेशकुमार अधिकारी :

जन्म मृत्यु र वार्धक्य साझा जीवन-चक्र हुन्,
धनी, गरिब वा माग्ने सबैले यी व्यहोर्दछन् । १

बाल, वयस्कमा भन्दा वृद्धत्व कटिलो वय,
हुनेखाने हुँदा खाने मिल्दैन जिउने लय ।२

गरिब वृद्धका निम्ति बुढ्यौली कालतुल्य छ,
बालपन उसै बित्छ विद्या-बुद्धि अमूल्य छ ।३

गरिबी नै खिया बन्छ फलाम झैँ गलाउँछ ,
खाद्य औषधिको पूर्ति नभई मर्नु पर्दछ ।४

दारिद्र्यले दबाएको रुग्ण जीर्ण शरीर यो,
सुक्खा पत्कर झैँ हल्का धर्मराएर हिँड्छ त्यो ।५

थर्थर काम्छ ठण्डीमा गल्ली-सडक बास छ
शरीर जीर्ण कन्थाले ढाक्ने मात्र प्रयास छ ।६

कोही खाएर तङ्ग्रिन्छन् भोकले कति मर्दछन्,
व्यक्तिगत हुने मृत्यु रूप प्रकार भिन्न छन् ।७

नियतिको अँध्यारोमा हुन्छ गरिबी रोदन,
दुःख बुझ्ने छँदैछैनन् भोकमा छैन भोजन ।८

वृद्ध भत्ता अपर्याप्त दया दान छ दुर्दभ,
हात-पाउ चलेसम्म भिक्षा ठान्दछ वैभव ।९

स्वार्थी विचार यो कस्तो मानवमा विभेद यो,
सुक्खा पत्कर झैँ हल्का धर्मराएर हिँड्छ त्यो ।१०

०००
उदयपुर
२०८०।११।२४ गते ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध वाणी

वृद्ध वाणी

गणेश अधिकारी
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x