साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फोहोरी काठमाण्डु

बागमतीको कालो ढल बगेको पानी चढाई स्वर्ग पुग्ने झिनो आशा अझै बोक्छौं । विचरा हामी दुर्गन्धित र फोहोरी काठमाण्डुमा सुन्दर र उज्ज्वल भविष्यको सपना देख्छौं ।

Nepal Telecom ad

सडक छेउमा मास्क लगाएर हिँडिरहेको
एउटा हात अनुहार अगाडिको धूलो हटाउँदै
अर्को हातले मास्क सहितको नाक छोप्दै
फोहोरमा खुट्टा पर्छ कि भनी हिँडिरहेको
म सोच्दछु
काठमाण्डु फोहोर हो या फोहोरी काठमाण्डु हो ।

लाग्छ कसैले
फोहोर र दुर्गन्धको बीचमा काठमाण्डु बनाएको छ ।
कयौ दिनदेखि नउठेको त्यो फोहोर
आफू फोहोर भएकोमा आफैलाई घिन लाग्दो हो ।
चिल्ला गाडीमा टिपटप बनेका मानिसलाई देखि
उठाएर ठाउँमा फ्याल्देऊ न भन्दो हुन् ।

भाषणमा मात्र फोहोर उठाउनेहरूको
सफा र सुन्दर काठमाण्डुको सपना सुनेर
मस्त निद्रामा भएजसरी वास्ता नगरी
सडक छेउमा सफा भएर हिँड्नेलाई
कुनै वास्ता व्यास्ता भने छैन ।
आफू चिल्ला चिप्ला बनेर हिँड्न पाएपछि
यो फोहोरी राजनीतिले फोहोरी बनाएको
काठमाण्डु फोहोरको राजधानी बनेको छ ।

मन्दिर नै मन्दिरको शहर काठमाण्डुका
भगवान् पनि दुर्गन्धले उहिल्यै भागेहोलान् ।
तर आस्तिक हामी अझै पनि फोहोरमै टेकेर
पशुपतिनाथको पूजा गरी धर्मात्मा बन्छौ ।
बागमतीको कालो ढल बगेको पानी चढाई
स्वर्ग पुग्ने झिनो आशा अझै बोक्छौं ।
विचरा हामी
दुर्गन्धित र फोहोरी काठमाण्डुमा
सुन्दर र उज्ज्वल भविष्यको सपना देख्छौं ।

000

कंचनरुप नगरपालिका, सप्तरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x