साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव शुभारम्भ

साहित्यिक पत्रकार संघले ५० औं स्थापना दिवसको अवसर पारेर स्वर्ण महोत्सव समारोह शुभारम्भ कार्यक्रमको आयोजना गर्‍यो । वि.स. २०२९ साउन २९ गते साहित्यिक पत्रकार संघको स्थापना भएको हो ।

Nepal Telecom ad

काठमाडौं, २०७९ साउन २९ । साहित्यिक पत्रकार संघले ५० औं स्थापना दिवसको अवसर पारेर स्वर्ण महोत्सव समारोह शुभारम्भ कार्यक्रमको आयोजना गर्‍यो । वि.स. २०२९ साउन २९ गते साहित्यिक पत्रकार संघको स्थापना भएको हो ।

ललितकला प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति के के कर्माचार्यले साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सवको लोगो अनावरण गर्नु भयो । यसअघि माननीय कुलपति कर्माचार्यले दीप प्रज्वलन गरेर महोत्सवको शुभारम्भ गर्नु भएको थियो ।

त्यस अवसरमा उहाँले साहित्यिक पत्रकार संघको योगदानको चर्चा गर्दै नेपाली साहित्यका क्षेत्रमा संघले पुर्‍याएको योगदानको प्रशङ्सा गर्नु भयो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा आयोजित सो कार्यक्रममा संघका पूर्व अध्यक्ष विश्वविमोहन श्रेष्ठले संघको गतिविधिको चर्चा गर्दै महोत्सवको उद्देश्य र महत्वमाथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिहरू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष मोहन सिटौला (अमेरिका), वरिष्ठ निबन्धकार एवं पत्रकार कृष्ण प्रधान (भारत), प्राज्ञहरू माया ठकुरी र डा. बेन्जु शर्मा, वरिष्ठ साहित्यकारहरु डा. गार्गी शर्मा, भरत जंगम र प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष एवं भाषा आयोगका सदस्य मातृका पोखरेलले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा स्वर्ण महोत्सवको अवसरमा अध्यक्ष लेकालीले स्वणर् महोत्सवको लोगो रहेको केक काट्नु भएको थियो ।

कार्यक्रममा पूर्व अध्यक्षहरु हेमन्त श्रेष्ठ (अमेरिका) र नरेन्द्रबहादुर श्रेष्ठका लिखित शुभकामना वाचन गरिएको थियो । कार्यक्रमको सञ्चालन नियात्राकार एवं साहित्यिक पत्रकार श्रीबाबु कार्कीले गर्नु भएको थियो ।

कार्यक्रममा साहित्यकारहरू प्राज्ञहरू बाबा बस्नेत र नन्दु उप्रेती, पवन आलोक, नरनाथ लुइँटेल, विजयध्वज थापा, दिव्य गिरी, मोमिला जोशी, विमल भौकाजी, ललिता दोषी, ध्रुव मधिकर्मी, राजेश्वर कार्की, सुदर्शन श्रेष्ठ, मन्जिला अनिल, नीता श्रेष्ठ, ज्ञान्दरी कैनी, रेखा यादव, शिव अधिकारी, गणेश भण्डारी, मनोज नेउपाने आदिको उपस्थिति रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x