सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सत्य त नाङ्गै हुन्छ

काग आफै कराउँदै आयो त म के गरौं?? हो ,व्यङ्ग्य त बाङ्गै हुन्छ सत्य त साच्चै नाङ्गै हुन्छ पर्दा खुल्दा त छ्याङ्गै हुन्छ च्यातियो भने त झन ह्वाङ्गै पो हुन्छ !!!

Nepal Telecom ad

केही मित्रहरूले भने-
कविजी तपाई त तल गिर्नु भो रे
गोलार्द्धको अँध्यारोमा छिर्नुभो रे
बित्थामा गरिखानेलाई पिर्नुभो रे ।
भक्ति भावना छाडेर बाङ्गिनुभो रे
उनीहरूको नजरमा नाङ्गिनुभो रे
मीठो नबोली आगो ओकल्नुभो रे
तीतो शब्दहरूले सिस्नुसरी पोल्नुभो रे ।

माफ गर्नुहोला मित्र !
म त सधै सिधा हिँड्न सक्दिन
मीठो बोलीमात्र बक्दिन
सत्य लुकाउन सक्दिन
सतपथबाट डग्दिनँ
मैले त प्रवृत्तिका विरुद्ब बोलेको
कोइलीचरीले झै को हो भनेर सोधेको
हजारौं चरीहरू थिए बनमा
तर कोही बीलेनन्
काग आफै कराउँदै आयो त म के गरौं??
हो ,व्यङ्ग्य त बाङ्गै हुन्छ
सत्य त साच्चै नाङ्गै हुन्छ
पर्दा खुल्दा त छ्याङ्गै हुन्छ
च्यातियो भने त झन ह्वाङ्गै पो हुन्छ!!!
सत्यम् शिवम् सुन्दरम् !!

०००

धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)