साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन ?

पढेकै हो बुहारी त छोरो पनि पढेकै हो बाबुको खेत असारमा बूढा गोरु साउनु किन ? जनतामा सुख छाउने गणतन्त्र आएकै थ्यो पाक्या धानमा पानी हाली बहर गोरु दाउनु किन ??

Nepal Telecom ad

नपुङ्सक रै’छ चाउरे, कोक्रो बुन्न लाउनु किन ?
स्वास्नी पोइल गइसकी ससुराली धाउनु किन ?

नेतृत्वको भुँडी भर्न ढाँटको रोपाईं गरेकै थ्यो
लोकतन्त्रको पछि पछि गणतन्त्र आउनु किन ?

नेताज्यूले हिन्दीमा नै शपथ क्रिया खाएकै थ्यो
भानुजीको जीवनगाथा नेपालीमा गाउनु किन ?

नारी मुक्ति पाएकै थ्यो, हक समान आएकै हो
बोक्सी बनी महिलाले हाब्रे मुख बाउनु किन ?

पढी गुनी देशको निम्ति कणर्धार बनेकै हो
कुल्ली बनी अरबीको ज्यादै दुःख पाउनु किन ?

पढेकै हो बुहारी त छोरो पनि पढेकै हो
बाबुको खेत असारमा बूढा गोरु साउनु किन ?

जनतामा सुख छाउने गणतन्त्र आएकै थ्यो
पाक्या धानमा पानी हाली बहर गोरु दाउनु किन ??

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x