सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आँचलको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको कार्यक्रम

आँचल साहित्य कला पुञ्ज मकवानपुरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘लैङ्गिक अधिकार, हाम्रो सरोकार’ विषयक बहस

Nepal Telecom ad

‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नाराका साथमा आँचल साहित्य कला पुञ्ज मकवानपुरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘लैङ्गिक अधिकार, हाम्रो सरोकार’ विषयक बहस कार्यक्रम मिति २०७९ मङ्सिर १५ गते नागरिक भवन हेटौंडा २, वनस्खण्डीमा सम्पन्न भएको छ ।

आँचलकी अध्यक्ष भावना सापकोटाको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुइँटेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी निरीक्षक महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा शाखा प्रमुख चूडाकुमारी खड्का, अधिवक्ता अप्सरा बस्नेत, कवि शान्ति प्रियवन्दना, फ्रेन्ड्स हेटौंडाकी किरण थापा वक्ता रहनु भएको थियो भने बहसको सहजीकरण संस्थाकी सदस्य रजनी पौडेलले गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख चूडाकुमारी खड्काले ‘प्रहरी चौवीसै घण्टा जनताको सेवामा खटिरहने भएकाले जनताले प्रहरी प्रशासनसँग धेरै आशा राख्ने भएको हुँदा जन चाहना अनुसार प्रहरीले काम नगरेको भन्ने गुनासा आउने गरेको पाइएको भए पनि जनतालाई कानुनी दायरा मिलाएर दर्ता भएर आएका मुद्दा सुनुवाइ हुने’ कुरा बताउनु भयो ।

‘पहिचान लिङ्गले नभइ आफूमा भएको क्षमताबाट हुनुपर्ने कुरा राख्दै तेस्रो लिङ्गी भएकै कारण समाजमा आफूहरूलाई हेरिने दृष्टिकोण बदलिनुपर्ने र यो देशको नागरिक भएर जन्मिएपछि अन्य नागरिक सरह यौनिक तथा लैङ्गिक अल्प सङ्ख्यकहरूले नागरिकता पाउनु पर्ने’ कुरा फ्रेन्ड्स हेटौंडाकि किरण थापाले बताउनुभयो । ‘कानुन प्राप्त गर्नका लागि कानुनी बाटो अपनाउनुपर्ने घरमा बसेर न्याय प्राप्त नहुने’ अधिवक्ता अप्सरा बस्नेतले बताउनुभयो । कवि शान्ति प्रियवन्दनाले ’लेखनमा लैङ्गिक विभेदको विषयलाई सङ्ख्यात्मक र गुणात्मक रुपमा थप उठाउनु पर्ने बताउनुभयो ।
कार्यक्रम संयोजक निर्मला व्लोनले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम सञ्चालन नीरा शर्माले गर्नुभएको थियो ।

कार्यक्रममा मकवानपुरका साहित्यिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधि तथा सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

०००
– संप्रस पौडेल, हेटौँडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad