सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

देश

काम परेकोले ऊ सरकारी कार्यालयमा पुग्यो । आँखामा निद्रा झुन्डाएको हाकिमले भन्यो- “म त पूरै स्पेन ।” अर्को कर्मचारीले बिनाप्रश्न जवाफ फर्कायो- “म क्रोसिया ।”

Nepal Telecom ad

ऊ सडक पार गर्दैथियो । अचानक उसको खुट्टो चिप्लिएर हिलोमा डुब्यो । त्यसो त ऊ महानगरको बासिन्दा भएकोले हिलो, धूलो तथा धूवाँ उसका नैसर्गिक अधिकार बनिसकेका थिए । सडकको अर्को दहमा पुगेर खुट्टा चोबल्यो र उसले हिलो धोयो ।
बाटोमा स्कुल जाने बच्चाहरू हिँडिरहेका थिए ।

“म त अर्जेन्टिना” – डीडीसी दूधको प्याकेटजस्तो टिसर्ट लगाएका विद्यार्थीले मेसीका बखान गर्दै थिए । अर्को पीतवस्त्रधारी विद्यार्थी हौसिँदै सुनायो- “म त ब्राजिल ।”

ऊ सरासर कफी पसलमा पुग्यो ।
“म जर्मनी” यहाँ पनि पहिचानको दौड यथावत थियो ।

जवानीमै तालु खुइलिएको सुकुमार भन्दै थियो, “मचाहिँ फ्रान्स ।”
कोलिफर्म र सोडा मिसिएको मिल्क कफी पिएर ऊ चोकतिर हानियो ।

पुरानो टोपी, मैला कपडा तथा खुइलिएको नाम्लो बोकेका प्रौढ व्यक्ति चिच्याइचिच्याइ मोबाइल फोनमा कुरा गरिरहेका थिए, “अरू नयाँ त के हुनु र साइँला ? रोनाल्डोले ३ गोल हान्यो । तेरो कोरिया छिट्टै घर जाला जस्तो छ ।” यो सुनेर जर्सी पसलेले सोध्यो- “बाजे तपाईं कुन देशको ?” बाजेले सुकेको छाती बम पाउरोटीझैँ फुलाएर भने, “त्यही रोनाल्डोको पोर्चुगल ।”

काम परेकोले ऊ सरकारी कार्यालयमा पुग्यो । आँखामा निद्रा झुन्डाएको हाकिमले भन्यो- “म त पूरै स्पेन ।” अर्को कर्मचारीले बिनाप्रश्न जवाफ फर्कायो- “म क्रोसिया ।”

दिक्क मान्दै ऊ आफ्नो घरतर्फ हानियो । संघारभित्र नपस्दै श्रीमतीले सुनाई- “मैले देश फेरेँ नि बूढा ! पहिले अर्जेन्टिना थिएँ, आजदेखि नाइजेरिया भएँ ।” उसका छोराछोरी पनि के कम ? भने- “आजदेखि हामी जापान, अब यो जर्सी नलगाउने ।”

उसले मनमनै भन्यो- “म नेपाल भनेर कसैले भन्दैन त ?”

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सीप

सीप

डा.रवीन्द्र समीर
पाँच सय ! कति महँगो हो ?

पाँच सय ! कति...

डा.रवीन्द्र समीर
आयुको प्रार्थना

आयुको प्रार्थना

डा.रवीन्द्र समीर
उपहार

उपहार

डा.रवीन्द्र समीर
अपथ्य 

अपथ्य 

डा.रवीन्द्र समीर
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी