साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धार्नी न बिसौली !

यता छ हाँसो र उता छ पीडा जित्ने र हार्ने बिचमा छ क्रीडा । बढ्दो छ चिन्ता तर छैन हर्ष टिक्ला नटिक्ला अब पाँच वर्ष ।

Nepal Telecom ad

छ पोखरी एक अनेक माछा
छन् भ्यागुता डिलमा बसेका ।
बनाउँदै छन् सरकार तौली
पुगेन धार्नी न पुग्यो बिसौली ।।१।

चुनाव आयो मत माग्न आए
हारे ठुलाले र भुरा रमाए ।
भन्छन् भयो मुस्किल लाज ढाक्न
पुगेन सङ्ख्या सरकार हाँक्न ।।२।

हिँडेन चाँडो कछुवा भनेर
आयो खरायो अति शीघ्र हेर ।
प्रधानमन्त्री सब खान खोज्ने
कोही भएनन् किन राष्ट्र पुज्ने ।।३।

यता छ हाँसो र उता छ पीडा
जित्ने र हार्ने बिचमा छ क्रीडा ।
बढ्दो छ चिन्ता तर छैन हर्ष
टिक्ला नटिक्ला अब पाँच वर्ष ।।४।

थुनेर संसद् अवरुद्ध पार्ने
होलान् किनी साम्सद ती थुपार्ने ।
यो खेलले देश रहन्न बुझ्नू
ठानेर माटो जननी छ पुज्नु ।।५।

दिएर आश्वासनमा भुलाए
हाँसेर आफू जनता रुलाए ।
चुसेर खाने यिनको छ नीति
होस् अन्त्य सामाजिक यो कुरीति ।।६।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइल

मोबाइल

उत्तम विचार
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x