साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्ष !

सगरमाथा सुसज्जित तपोभूमि कर्मभूमि बनेर पराधीन हुन नपरोस् संसारको धनी बनोस् तब नयाँ वर्षले मलाई खुसी दिनेछ सृजनाको खजाना भरिनेछ मलाई यस्तै नयाँ वर्ष चाहिएको छ हजुरलाई नि ?

Nepal Telecom ad

नयाँ वर्ष !
हरेक साल आउँछ
त्यसरी नै जान्छ
आशा बोकेर
कैयौँ जिन्दगीले
नयाँ वर्षलाई
स्वागत गरे
जिन्दगीका पानाहरू
नयाँ वर्ष बनेर
आए गए
अतीत बन्यो
समयको
कालखण्ड बन्यो
कैयौँ दस्तावेज
इतिहास बने
अफसोच!
नयाँ वर्षले
आशा त दियो
आडभरोसा दिन सकेन
कैयौँ जीवनको
घर चिहान बनायो
तर नयाँ वर्षले !

सवैको आँखामा
खुसीको बिहान ल्याउन सकेन
समयले
बाग्लुङ्गदेखि
नवपरासी ल्यायो
पोर्तुगल
स्पेन
बेल्जियम
अनि बेलायतसम्म पुरायो
सङ्घर्ष चुनौतीभित्र
अनेकौँ किसिमका
व्यक्त
अव्यक्त
पीडा दिलायो
एकमुठी खुशी दिएर
हजार मुरी
दुःख सम्झाएर गयो
वसन्त आए
शिशिर आए
जिन्दगीका
ती बाल्यकाल
आउँदै आएन
नयाँ वर्षले भनेजस्तो
केही ल्याएन

नयाँ वर्षले
मलाई
मेरो जन्मभूमि बाग्लुङ्
पुराउन सकेन
मेरी स्वर्गीय आमालाई
मेरा दिवङ्गत आफन्तलाई
कहिल्यैँ भेटाएन
बरु
पटक पटक छुट्यायो
प्रिय आफन्तसँगको
गहिरो सम्बन्ध!
कसरी सम्झूँ मैले
यो नयाँ वर्षलाई
खुशी दिन्छ भनेर
दुःख
र पीडाबाहेक
केही दिएन

नयाँ वर्षले
न स्वदेशमा
शान्ति
प्रगति दियो
न युवाहरूलाई
रोजगार दियो
देशका सञ्चालकलाई
न कुनै सद्बुद्धि दियो
न कुनै देशप्रेमको
आस्था दियो
केवल दियो सत्तामोह
शक्ति
साधन
र सम्पतिको
दोहन गर्ने
दुस्साहस दियो
हरेक दिन
गरिबीको रेखामुनि पारेर
देशद्रोहीको
आगमन दियो
देशप्रेमको
आस्था बोकेकालाई
जेलनेल
अपमान गर्यो
अझै केही गर्छु भन्नेलाई
के के गरेनन् ?
नयाँ वर्ष!
जब आउँदै गर्छ
अन्यायी समाजको ब्यबहार
दुष्ट दुनियाँको
हेपाई सम्झिन्छु
धिक्कार लाग्छ!

नयाँ वर्षले
क्रान्तिकारी
उथल्पुथल गर्दै
गहभरि झरेका
आँसु पुछोस्
परदेशिएका
नेपाली पर्कन सकुन्
देशले
नयाँ काचुली फेरोस्
समाजले
कुसंस्कार
विभेद हटाओस्
नागरिक
अनागरिक बन्न नपरोस्
देशद्रोही
दुराचारी
कपटीको अन्त्य होस्
चेलीबेटी बेचबिखनविरुद्ध
जागरण होस्
गरीब
र धनीबिचको
खाडल पुरियोस्
लुम्बिनी
सगरमाथा सुसज्जित
तपोभूमि
कर्मभूमि बनेर
पराधीन हुन नपरोस्
संसारको धनी बनोस्
तब
नयाँ वर्षले
मलाई खुसी दिनेछ
सृजनाको
खजाना भरिनेछ
मलाई यस्तै
नयाँ वर्ष चाहिएको छ
हजुरलाई नि ??

०००
देवचुली, नवलपुर नेपाल
हाल बेलायत, कोभेन्ट्री
१८ ।०४। २०२३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राजनीति तिम्रै बिर्ता

राजनीति तिम्रै बिर्ता

मोहन आचार्य ‘जलद’
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x