साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नर्थ क्यारोलाइनामा सातौँ नेपाल डे मनाइयो

टाउन अफ मोरिस्भिलका मेयर टि.जे. कउली तथा नर्थ क्यरोलाइना राज्यका एशियाली मूलकी संसद सदस्य मारिया सर्भानियाद्वारा संयुक्त रूपमा उदघाटन गरिएकाे थियाे ।

Nepal Telecom ad

मोरिस्भिल नर्थ क्यारोलाइना, १७ अप्रिल २०२३ । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एन.सी.एन.सी) द्वारा अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित टाउन अफ मोरिस्भिलमा सातौँ नेपाल डे भव्यताका साथ आयोजना गरिएको छ ।

टाउन अफ मोरिस्भिलका मेयर टि.जे. कउली तथा नर्थ क्यरोलाइना राज्यका एशियाली मूलकी संसद सदस्य मारिया सर्भानियाद्वारा संयुक्त रूपमा उदघाटित उक्त कार्यक्रममा विशेष अतिथि स्टेट सेक्रेटरी इलेन मार्शल, वेक काउन्टीका कमिस्नर सेरिल स्टलइन्ग्स, टाउन अफ मोरिस्भिलका पूर्व मेयर मार्क स्टलम्यान, उपमेयर लिज़ जोन्सन, काउन्सिलम्यानद्वय स्टीव राव तथा सतिश गरिमेला लगायतका सरकारी प्रतिनिधिहरूको उपस्थिति थियो ।

एन.सी.एन.सी. का अध्यक्ष आर पी पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एन.आर.एन ए. आइसीसीका महासचिव डा. केशव पौडेल, नेपालका पूर्व सांसद ऋषिकेश तिवारी लगायत स्थानीय संघ संस्थाका पदाधिकारीहरूको बाक्लो उपस्थिति थियो । कार्यक्रममा आगन्तुक वक्ताहरूले नयाँ वर्षको शुभकामना दिँदै कार्यक्रम आयोजना गरेकोमा एन.सी.एन.सीलाई धन्यवाद दिनु भएको थियो ।

करिब १२ सय सहभागीहरूको उत्साहजनक उपस्थिति रहेको उक्त कार्यक्रमको शुरुवात पन्चकन्या र कुमारी सहितको सांस्कृतिक झाँकी एवं विभिन्न नेपाली परम्परागत भेषभूषामा सजिएका सहभागीहरूको परेड मार्फत भएको थियो । स्थानीय मोरिसभिलस्थित चर्च स्ट्रिट पार्कमा आयोजित सो कार्यक्रममा विविध नेपाली परिकारका स्टलहरूका साथै स्थानीय व्यवसायी तथा विभिन्न गैरसरकारी संस्थाहरूको स्टल समावेश थियो । नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर आयोजित उक्त कार्यक्रममा नेपाली मूलका विद्यार्थी स्वागत अधिकारीलाई ४१,५०० राशीको सुजनपरिता छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा नेवारी बौद्ध समुदायको परम्परागत चर्या नृत्यसँगै विभिन्न जातजातिको प्रतिनिधित्व गर्ने विविध सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो ।

‘नर्थ क्यारोलाइनावासी नेपालीहरूको अपार उपस्थितिले सातौँ नेपाल डेलाई भव्य रूपमा सम्पन्न गर्न मद्दत गरेको छ । यो उपस्थितिले हामीलाई आगामी दिनहरूमा हाम्रा कार्यक्रमहरूलाई अझै सशक्त र प्रभावकारी बनाउने प्रेरणा मिलेको छ।’ एन.सि.एन.सिका महासचिव डा. विकास शाक्यले भने, ‘विगतका नेपाल डे मा भन्दा बढी गुणस्तरीय एवं व्यवस्थित कार्यक्रम पस्कन सकेकामा हामी गौरवान्वित छौं ।’

कार्यक्रम सफल बनाउनका निम्ति सबैले दिएको सहयोगप्रति आभारी रहेको पनि आयोजकले जनाएको छ । ‘प्रवासमा नेपाली मौलिक संस्कृतिलाई जीवन्त राख्न र अमेरिकी मूल प्रवाहमा नेपाली समुदायको सांस्कृतिक, सामाजिक र आर्थिक योगदानलाई स्थापित गर्न नेपाल परेड गर्दै आएको हो’ एन.सि.एन.सिका अध्यक्ष आरपी पौडेलले भने, ‘यस किसिमको कार्यक्रमले प्रवासमा जन्मेका नेपाली मूलको दोस्रो पुस्तालाई नेपालसँग जोडिराख्न र नेपालको पर्यटनलाई प्रवर्द्धन गर्न महत्वपूणर् भूमिका खेल्ने छ ।’ अमेरिकामा पछिल्लो समय नेपालीको बाक्लो बस्ती रहेको राज्यहरू न्युयोर्क, नर्थक्यारोलिना, क्यालिफोर्निया लगायतका राज्यहरूमा वर्सेनी नेपाल डे मनाइदै आइरहेको छ ।

कार्यक्रममा आयोजक कमिटीका चेयर डा. बटु शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली समुदायले आरटीपी क्षेत्रको विविधता र विकासमा ठूलो योगदान दिएको बताउनुभयो। कार्यक्रममा युवा नेतृ हिसी उलकले अमेरिकी विश्व विद्यालयमा दक्षिण एशियाली मूलको विद्यार्थी नेतृका रूपमा आफ्ना अनुभव र चुनौतीका बारेमा आफ्नो मन्तव्य राख्नुभएको थियो ।

नर्थ क्यारोलिनामा नेपाली समुदायले विगत सन् २०१७ देखि मनाउदै आएको नेपाल डे परेड कार्यक्रमलाई स्थानीय मोरिसभिल टाउन र वेक काउन्टीले अप्रिल महिनाको तेस्रो शनिबारको दिन “नेपाल डे” को रुपमा मान्यता दिंदै आएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x