सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

क्रान्तिवीरको अवसान

भो नखोक, हाच्छ्युँ नगर, ठूलो स्वरमा नथुक, म मस्तीमा छु नथर्काऊ ! म सुतेको छु नजगाऊ । म सायद तिमीहरूको घाउमा अझ चहर्‍याएँ ? हो, तिमीहरूको वर्ग धरातलबाट अब म हराएँ । सदाको लागि हराएँ ।

Nepal Telecom ad

सर्वहाराको वर्ग संघर्षमा होमिदा होमिदै
मातृभुमीको खातिर मर्न सकिन्छ भन्ने मान्यतामा विश्वास राख्थेँ म ।
रक्तक्रान्तिको ज्वालामुखीले
समाजको अग्रगामी रुपान्तरण गर्न सकिन्छ भन्ने
बिचार धारामा आस्था राख्थेँ म ।
तर बागमतीमा धेरै पानी बग्यो,
घाटमा धेरै शहिदहरूको खरानी बग्यो,
अब के तिमीहरूको दृष्टिमा
सामन्ती सत्ताको एक झोक्का द्रव्य प्रहारबाट म डराएँ…….?
हो, तिमीहरूको वर्ग धरातलबाट अब म हराएँ ॥

मैंले देखे/देखाएका सपनाहरू र मैंले खाए/खुवाएका
कसमहरूसँग माफी मागिदिनू !
मैंले उजाएका मुठ्ठीहरूसँग आत्मालोचना गरिदिनू !
जनमुक्तिको महान अभियानको एउटा फुल फुट्यो भन्ने ठान्नू !
एउटा मुक्तियोद्धाको आकस्मिक चोला उठ्यो भन्ने ठान्नू !
अब म चाहेर पनि तिमीहरूको संघर्षमा फक्रिन सक्दिन,
अब म चाहेर पनि त्यो निम्न वर्गीय दलदलमा कक्रिन सक्दिन ।
मेरो सोच अलग भइसक्यो ।
मेरो बाटो फरक भइसक्यो ।
यो बाटोमा हिँड्न तिमीहरूको हैसियतले भ्याउन्न अब,
तिमीहरूले माथि आकाशतिर हेरे पनि
तिम्रा आँखाले मेरो आलिशानताको एक छेउ पनि चिहाउन्न अब ।
तिमीहरूको दृष्टिमा के मैंले रक्तरन्जित झण्डा च्यातेर
मेरो महलमा बुर्जुवा झण्डा फहराएँ ?
हो, तिमीहरूको वर्ग धरातलबाट अब म हराएँ ।

म अब गरीबका झुप्रा-झोपडीहरूमा ढिँडो र सागसँग बाँच्दिन,
मलाई बचाउने अर्कै आइसक्यो ।
म अब पाखा, पर्वत, कुना, कन्दराका रक्तिम साँझहरूमा
तिमीहरूसँग नाच्दिन,
मलाई नचाउने अर्कै आइसक्यो ।
म सामन्त, दलाल, नोकरशाहीहरूका थिचोमिचोले निसासिन्न अब,
तिनलाई त मैंले तलै छोडिसकेँ ।
सत्तामा भइँन भने पो म निस्सासिन्छु ।
वर्ग संघर्ष, सर्वहाराको राज्य सत्ता जस्ता शब्दले बिथोलिन्न अब,
तिनको त मैंले नातै तोडिसकेँ ।
शक्तिमा रहिँन भने पो म बिथोलिन्छु ।
मलाई भोको पेटमा क्रान्तिको गीत गाएर हिँड्ने
वर्ग उत्थानको सहयात्री नसम्झ अब,
म त क्रान्तिलाई दुर्घटनामा पारी, झ्यालबाट फुत्त भागेर,
एक्लै अघाउनेमा पर्छु ।

मलाई शिरमा कात्रो बाँधेर देशलाई रगत बली चडाउनका हेतु,
आन्दोलनको अग्रयोद्धा नसम्झ अब,
म त नुनको बन्धनमा परी तिमीहरूको आन्दोलन दबाउनेमा पर्छु ।
त्यसैले मलाई नबोक अब,
संसारको उच्चतम भौतिक सुखमा गएको अनुभूति गर्न देऊ ।
मलाई नरोक अब,
यो एकबारको जुनीमा राजा भएको अनुभूति गर्न देऊ ।
भो नखोक, हाच्छ्युँ नगर,
ठूलो स्वरमा नथुक,
म मस्तीमा छु नथर्काऊ !
म सुतेको छु नजगाऊ ।
म सायद तिमीहरूको घाउमा अझ चहर्‍याएँ ?
हो, तिमीहरूको वर्ग धरातलबाट अब म हराएँ ।
सदाको लागि हराएँ ।

०००
भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जुत्ता

जुत्ता

ठाकुर बेलबासे