साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्रान्तिवीरको अवसान

भो नखोक, हाच्छ्युँ नगर, ठूलो स्वरमा नथुक, म मस्तीमा छु नथर्काऊ ! म सुतेको छु नजगाऊ । म सायद तिमीहरूको घाउमा अझ चहर्‍याएँ ? हो, तिमीहरूको वर्ग धरातलबाट अब म हराएँ । सदाको लागि हराएँ ।

Nepal Telecom ad

सर्वहाराको वर्ग संघर्षमा होमिदा होमिदै
मातृभुमीको खातिर मर्न सकिन्छ भन्ने मान्यतामा विश्वास राख्थेँ म ।
रक्तक्रान्तिको ज्वालामुखीले
समाजको अग्रगामी रुपान्तरण गर्न सकिन्छ भन्ने
बिचार धारामा आस्था राख्थेँ म ।
तर बागमतीमा धेरै पानी बग्यो,
घाटमा धेरै शहिदहरूको खरानी बग्यो,
अब के तिमीहरूको दृष्टिमा
सामन्ती सत्ताको एक झोक्का द्रव्य प्रहारबाट म डराएँ…….?
हो, तिमीहरूको वर्ग धरातलबाट अब म हराएँ ॥

मैंले देखे/देखाएका सपनाहरू र मैंले खाए/खुवाएका
कसमहरूसँग माफी मागिदिनू !
मैंले उजाएका मुठ्ठीहरूसँग आत्मालोचना गरिदिनू !
जनमुक्तिको महान अभियानको एउटा फुल फुट्यो भन्ने ठान्नू !
एउटा मुक्तियोद्धाको आकस्मिक चोला उठ्यो भन्ने ठान्नू !
अब म चाहेर पनि तिमीहरूको संघर्षमा फक्रिन सक्दिन,
अब म चाहेर पनि त्यो निम्न वर्गीय दलदलमा कक्रिन सक्दिन ।
मेरो सोच अलग भइसक्यो ।
मेरो बाटो फरक भइसक्यो ।
यो बाटोमा हिँड्न तिमीहरूको हैसियतले भ्याउन्न अब,
तिमीहरूले माथि आकाशतिर हेरे पनि
तिम्रा आँखाले मेरो आलिशानताको एक छेउ पनि चिहाउन्न अब ।
तिमीहरूको दृष्टिमा के मैंले रक्तरन्जित झण्डा च्यातेर
मेरो महलमा बुर्जुवा झण्डा फहराएँ ?
हो, तिमीहरूको वर्ग धरातलबाट अब म हराएँ ।

म अब गरीबका झुप्रा-झोपडीहरूमा ढिँडो र सागसँग बाँच्दिन,
मलाई बचाउने अर्कै आइसक्यो ।
म अब पाखा, पर्वत, कुना, कन्दराका रक्तिम साँझहरूमा
तिमीहरूसँग नाच्दिन,
मलाई नचाउने अर्कै आइसक्यो ।
म सामन्त, दलाल, नोकरशाहीहरूका थिचोमिचोले निसासिन्न अब,
तिनलाई त मैंले तलै छोडिसकेँ ।
सत्तामा भइँन भने पो म निस्सासिन्छु ।
वर्ग संघर्ष, सर्वहाराको राज्य सत्ता जस्ता शब्दले बिथोलिन्न अब,
तिनको त मैंले नातै तोडिसकेँ ।
शक्तिमा रहिँन भने पो म बिथोलिन्छु ।
मलाई भोको पेटमा क्रान्तिको गीत गाएर हिँड्ने
वर्ग उत्थानको सहयात्री नसम्झ अब,
म त क्रान्तिलाई दुर्घटनामा पारी, झ्यालबाट फुत्त भागेर,
एक्लै अघाउनेमा पर्छु ।

मलाई शिरमा कात्रो बाँधेर देशलाई रगत बली चडाउनका हेतु,
आन्दोलनको अग्रयोद्धा नसम्झ अब,
म त नुनको बन्धनमा परी तिमीहरूको आन्दोलन दबाउनेमा पर्छु ।
त्यसैले मलाई नबोक अब,
संसारको उच्चतम भौतिक सुखमा गएको अनुभूति गर्न देऊ ।
मलाई नरोक अब,
यो एकबारको जुनीमा राजा भएको अनुभूति गर्न देऊ ।
भो नखोक, हाच्छ्युँ नगर,
ठूलो स्वरमा नथुक,
म मस्तीमा छु नथर्काऊ !
म सुतेको छु नजगाऊ ।
म सायद तिमीहरूको घाउमा अझ चहर्‍याएँ ?
हो, तिमीहरूको वर्ग धरातलबाट अब म हराएँ ।
सदाको लागि हराएँ ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x