साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पशु मेला प्रदर्शनी

होइन अझै पनि ब्रह्मा विष्णु महेश यिनैलाई ठान्छौ भने देश र सन्ततिको भविष्य अझै जुवामै हान्छौ भने पक्कै एकदिन पछुताउनु त पर्छ नि ! अब त सकिदेऊ न हो तिम्रो यो पशु मेला प्रदर्शनी ।

Nepal Telecom ad

ए नेपाली बाबु !
त्यो भकारो कति सोहोर्छौ ए !
त्यो स्याहार चाकर कति गर्छौ ए !
दुई माना दुधको आशामा
ती थारा डिङ्ना पाडा कति सुम्सुम्याउँछौ ?
ब्याउछ, समय आएपछि ताउलो भरी
दुध दिन्छ कति भन्न भ्याउंछौ ?
मैले त उसै बेला भनेको हुँ
यी खानाका काललाई बेची देऊ भनेर
मैले त पहिल्यै भनेको हुँ
यी दिन आउनु अगावै चेती देऊ भनेर
आखिरीमा देख्यौ नि यो सनसनी !
कहिले सकिन्छ हँ तिम्रो यो पशु मेला प्रदर्शनी !!

तिम्रा हजुरबा पनि त्यसै भन्थे ।
पशुहरूलाई आफ्नो समृद्धिको आधार गन्थे ।
सात सालपछि पशुभक्त भएर लागे
छाडा पशुहरूको हुलले
उनैका ढाडमा सुरेली खेलेपछि
आखिर सत्र सालमा तिम्रा हजुरबा कता भागे ?
सधैंको यो अन्धभक्तिमा तिमी के साह्रो दुव्र्यसनी !
कहिले सकिन्छ हँ तिम्रो यो पशु मेला प्रदर्शनी !

तिम्रा बाले पनि त्यो पशुपालन छोडेनन्
तिनकै अघिपछि लागेर
तिनकै किर्ना उपियाँ धपाएर
सारा चोला तिनकै चाकरीमा होम्ने
परम्परा तोडेनन्
पशु स्याहारमा बुद्धिलाई नै बरु
पशुवत गराए
आफ्ना लाला बाला र सन्ततिको
सुखी भविष्य जोडेनन्
गत साल थत साल गत साल भोग्दै गए
तर आफ्नो दिमागको पशु प्रेम
कहिल्यै फोडेनन्
आखिर बिर्तै भएर आयो
तिमीलाई पनि यो दैनन्दिनी
कहिले सकिन्छ हँ तिम्रो यो
पशु मेला प्रदर्शनी !

अब त जमाना तिम्रो काँधमा आयो ।
हजुरबाले नदेखेको संसार तिमीले देख्यौं
तिम्रा बाले नटेकेको माटो तिमीले टेक्यौ
तिम्रो यो पुस्ताको बलले
भावी पुस्तालाई अजेय बनाउनु पर्दैन ?
संसारमा तिम्रो आफ्नोपनको
अटल अस्तित्व जनाउनु पर्दैन ?
दिमागको एउटा काम नलाग्ने
पशुभक्तिको नसा च्वाट्ट चुँडाएर फालिदेऊ
यी पशुहरूको चंगुलबाट
आफूलाई स्वतन्त्र मानवमा स्वाट्ट ढालिदेऊ
होइन अझै पनि ब्रह्मा विष्णु महेश
यिनैलाई ठान्छौ भने
देश र सन्ततिको भविष्य
अझै जुवामै हान्छौ भने
पक्कै एकदिन पछुताउनु त पर्छ नि !
अब त सकिदेऊ न हो
तिम्रो यो पशु मेला प्रदर्शनी ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x