साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय जय नाक !

हाम्रो राजनीतिमा देखिएको खतर्नाक संक्रमणले हामी जनताका नाक रोगी हुन थालेका छन् । यो संक्रमणबाट हाम्रा नाकको रक्षा हुनुपर्छ । नाक नै सुरक्षित नरहे हामी कसरी सुरक्षित हुन सकौँला ।

Nepal Telecom ad

संस्कृतको नासिका शब्दबाट हाम्रो शब्द भण्डारमा नाक भई आएको नाम शब्दको अर्थ सास फेर्ने र सुँघ्ने काम दुइवटा प्वाल भएको ओँठमाथिको अवयव, घ्राणेन्द्रीय, इज्जत, प्रतिष्ठा, मान मर्यादा वा चरा आदिको चुच्चाे हुन्छ ।

प्राणी भन्ने सबैको नाक हुन्छ । नाकबिनाको मान्छे हुन्न वा नाक बिनाको जन्तु-जनावर पनि हुन्न । दुई गालामाझ, दुई आँखा मुन्तिर, अनि दुई ओँठमाथि नाक ठिक ठाउँमा राखिदिएका छन् सृष्टिकर्ताले । कल्पना गर्नुहोस् तपाईंको नाक गालामाथितिर, ओँठको तलतिर, बीच घिच्रामै वा पेट माझमा झुण्डिएको भए तपाई कसो गर्नुहन्थ्यो ! नाक अन्त कतैतिर भएको भए अनुहार भित्ताजस्तै हुनेथ्यो । पेटको माझमा पनि नाक भएको भए केही सुँघ्नुलाई लाएको लुगा बीचमा छेँड़ पारेर बनाउनुपर्थ्याे । त्यसमाथि लुगाकै ढकनी पनि । केही सुँघ्नु पऱ्यो भने ढकनी उघारेर पेटमा टाँसिएको नाकलाई सुँघाउनु पर्थ्याे । ठिक नानीकी आमाले उनको बच्चालाई दूधको मुण्टा चुसाएजस्तो । तर यति चाहिँ हो नाक पेट माझमा झुण्डिएको भए केही नराम्रो कुरो ह्वास्सै गन्हाए रुमालले नाक छोपेर हिँड़्नु पर्दैन । भुँड़ी ठूलो हुनेलाई ता नाक एडजस्ट होला तर जीरो फिगर हुनेहरूलाई भने पेट बिचको नाक घाँड़ो हुनेथ्यो । धन्य नाक आफ्नो ठाउँमा झुण्डिएकोले अनुहारमाझ कति सुहाएको देखिन्छ ।

नाक धेरै प्रकारका हुन्छन् । आकार आकारका हुन्छन् । परि परिकारका हुन्छन् । नाकको आकार हेरेर त्यही अनुसार नाम राखेको सुनिन्छ गाउँ-घरतिर । जस्तै, सुगाजस्तो नाक हुनेलाई सुगे वा सुगानाके, फर्सीजस्तो नाक ढेँढ़े नाक, कसैको नाक ल्याप्पै टाँसिएको हुन्छ, त्यस्तोलाई थेप्चे नाक, थेप्ची नाक, नाकको दूलो ठूलो हुनेलाई ढोँढ़े नाक, नाक अलिक बाङ्गो बाङ्गो हुनेलाई बाङ्गे नाक, नेप्टे नाक आदि आदि । यसैले गाउँ-घरतिर त्यस्तै प्रकारको नाम राखेको देखिन्छ । सुगे, ढोँढ़े, चरिचुच्चे । मान्छे खास नाम नभनी नाक अनुसार नै चिन्ने गरिन्छ ।

अचेल यो नाकले नराम्रा, दुर्गन्ध, ह्वास्सै गन्हाउने, दङदङ्ती गन्हाउने कुरा मात्रै सुँघ्न परेको छैन । वर्तमान राजनीतिका दुर्गन्धित कुराहरू पनि यो नाकले सुँघ्नु पर्दैछ । साँच्चै हाम्रो राजनीति नमिठो पाराले गन्हाउन थालेको छ । हाम्रो समाज नै मैला राजनीतिको डम्पिङ ग्राउण्ड भएको छ । त्यस डम्पिङ ग्राउण्डबाट आएको दुर्गन्धित राजनीतिले हाम्रो नाक विचलित बनेको छ । राजनीतिको यो नाकलाई प्लाष्टिक सर्जरी गर्नुपर्ने अवस्था आएको छ ।

साँच्चै यो नाकको साह्रै बिजोग छ अचेल । नेताहरूका दुर्गन्धित गालीगलौज पनि सुँघ्नु परेको छ । जनताहरूको नेताप्रतिको विद्रोहको गन्ध पनि यै नाकले सुँघ्नु परेको छ । कति साह्रो छ अचेल यो राजनीति नाकलाई । राजनीतिकै कारण यो नाक हुनसम्म बदनाम पनि भएको छ ।

बरु नेपाली उखानमा पनि यो नाकले निकै मान, सम्मान पाएको थियो बरु । जस्तो नाक जानु, नाक राख्नु, नाक लाग्नु, नाक घोक्र्याउनु, नाक फाल्नु, नाक, नाक काट्नु, नाक जानु, नाक फ्याँक्नु, नाक दल्नु, नाक थाप्नु, नाक दुख्नु, नाक राख्नु, नाक बजाउनु, नाक ठाड़ो पार्नु, नाकमुख देखाउनु, नाकमुख नचाउनु, नाकमा गुहू लाउनु, नाकमा ठेस लाग्नु, नाकमा डोरी लाउनु, नाकका चालले गर्नु आदि । .यसकारण यो नाकले यसरी मान्य़ता पाएको छ । जति नै जे गरे पनि हाम्रा नेताहरूले राजनीतिको नाक फ्याँकेका हामीले देखिरहेको छौं । राजनीतिमा हामीले कहिल्यै नाक ठाड़ो पारेर हिँड्न सकेका छैनौं । तर हाम्रा नेताहरूलाई उनीहरूको विरोधमा केही कुरा गर्‍यो कि उनीहरूको नाकमा ठेस लागिहाल्छ र तपाई हामी उनीहरूको शत्रुताको ऱ्याडरमा परिरहेका हुन्छौं ।

जेसुकै भन्नोस् श्रीमतीको होस् कि श्रीमानको । कुनै पनि घरभित्र दम्पतिद्वयको नाक बदनाम छ भने रातभरि श्रीमान घुर्छन् श्रीमतीकै दोष । अझ कुनै लामो यात्रामा रेलमा यात्रा गर्नुहोस् । राती एघार बजेदेखि उता किसिम किसिमका नाक घुराइ सुनिन्छ । रेलयात्री म पनि हुन सक्छु, तपाईँ पनि हुन सक्नुहुन्छ, रेलको बर्थमा यात्रु भाते निंद्रामा उत्तानुचित् परेर सुतेका बेला यात्रु महोदयले थाहै नपाई डोलजत्रो भुँड़ीभित्रबाट आएको श्वास तानेर जुन निनाद वा घुराइ रेलको डब्बाभरि तरङ्गित भएर जागै बसेका यात्रुको कानका दुलाभित्र हाईजम्प गर्न थाल्छ… त्यसबेला कुनै पनि यात्रुको अवस्था कस्तो हुन्छ त्यो रेलमा यात्रा गरिरहने यात्रुलाई हामीभन्दा धेर थाहा भएको हुन्छ । खासमा राति सुत्दा निनाद (ध्वनि) को मात्रा मात्रै ३६ डेसिबल हुनुपर्छ भनिन्छ । तर रेलका डब्बाभित्रको बर्थमा मस्त सुतेका यात्रुहरूको निनाद मात्राले तीन डबल ३६ डेसिबल पनि नाँघेको हुन्छ । (डेसिबल = ध्वनिको मात्रा नाप्ने युनिट) । डेसिबल मान एउटा निश्चित सन्दर्भ बिन्दुको निम्ति तरङ्गको तीव्रताको एउटा अनुपात हुन्छ । राम्रो सुखिलो निंद्राको निम्ति ३६ डेसिबलभन्दा धेर नहोस् अनि दिउँसो ४५ डेसिबलभन्दा धेर नहोस् भनिन्छ । तर हिजोआज ध्वनिको स्तर यसभन्दा तीन-चार गुणा बढ़ेर असहनीय भएको छ ।

प्रत्येक घरमा नाक बदनाम छ । श्रीमतीको नाक बदनाम, श्रीमानको नाक बदनाम । यी ता नर्मल कुराहरू हुन् । किनभने घरभित्र घुर्नेहरूमा तपाई पनि पर्न सक्नु हुन्छ, म स्वयम पनि । तर राजनीतिको नाक बदनाम हुनु चैँ अति नै खतर्नाक मान्न सकिन्छ ।

हाम्रो राजनीतिमा देखिएको खतर्नाक संक्रमणले हामी जनताका नाक रोगी हुन थालेका छन् । यो संक्रमणबाट हाम्रा नाकको रक्षा हुनुपर्छ । नाक नै सुरक्षित नरहे हामी कसरी सुरक्षित हुन सकौँला । त्यसैले म भन्छु-
हाम्रो राजनीतिको नाक नगनाओस् ।
हाम्रो राजनीतिको नाक नजाओस् ।
हाम्रो राजनीतिको नाक नकाटियोस् ।
हाम्रो राजनीतिको नाक नफालियोस् ।
हाम्रो राजनीतिको नाक दुखोस् ।
हाम्रो राजनीतिको नाक ठाड़ो होस् ।
हाम्रो राजनीतिको नाकमा फोहर नलगोस् ।
हाम्रो राजनीतिको नाकमा ठेस नलागोस् ।
जय राजनीति ।
जय जय नाक ।

०००
खोलाचन्द फाप्री, जलपाईगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x