साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे फेला परेको सूचना !

बूढो भो रे, अब त खुट्टा लाग्दैनन् रे, आराम गरेर बरु सहरमै बस्छ रे, विजयश्री लिन मात्र गाउँ आएको, भोलिपल्टै टाप कस्छ रे, मेरो यो जुनीको अन्तिम झोली भर्दिनोस् न भन्छ, एक भोट दिएर अब सदाको लागि बिदा गर्दिनोस् न भन्छ ।

Nepal Telecom ad

चिने चिने जस्तो
उसबेला सँगै हिनेहिने जस्तो
उसको दर्शन महँगो, कुरा सस्तो
स्थाइ ठेगाना यही गाउँ नै बताउने
पूरानै चुनाव चिन्ह देखाएर
फेरि दुनियाँलाई सताउने
पुःन दुस्साहस गरेको छ
एउटा मान्छे गाउँमा फेला परेको छ ।

नियत सफा छैन उसको, मन सफा छैन
तर उसको तन सफा छ, सुद्धीकरण गर्यो सायद धन सफा छ
गाउँमा उसको नाउँमा, मात्र एउटा झारै झारले ढाकेको घर छ
विश्वास गुमाएँ कि भन्ने सायद उसको मनमा डर छ
त्यसैले चुनावको तिथि दुई महिना बाँकी छँदै
सहरबाट गाउँ झरेको छ
एउटा मान्छे गाउँमा फेला परेको छ ।

उसले अधबैंसे उमेर पार गरे जस्तो लाग्छ
बुढेसकालतिर डेरा सरेजस्तो लाग्छ
पहिला पहिला पनि हामी उसैको विजय जुलुसमा झरे जस्तो लाग्छ
अब त गाउँले काँचुली फेर्छ भनेर उसकै भर परे जस्तो लाग्छ
बिर्सिए बिर्सिए जस्तो
माया मरे मरे जस्तो
कस्तो कस्तो
पहिला त मनमा नजिकै बसेथ्यो कि जस्तो
अहिले त मनबाट टाढा सरेको छ
एउटा मान्छे गाउँमा फेला परेको छ ।

परदेश हिँडेको छोरो जस्तो माला, टिका लगाएर बिदा गरेकै हो
विदेशबाट उमङ्ग पठाइदेला भन्ने आशा गरेकै हो
छानो चुहियो, उसले सहानुभूति पठाएन
खेत लग्यो, ऊ आएन
घरै लड्ला लड्ला जस्तो छ उसले थाहै पाएन
गाउँलेका अनगिन्ती गुनासाहरू छन्, उसले कुरै खाएन
तर एक्कासी आज
आफूलाई मान्छेका काँधमा बोकाएर
पाल्कीमा सजाएर
उसले गाउँमा पस्ने हिलाम्मे बाटो र पुल बगाएको खोलो तरेको छ
एउटा मान्छे गाउँमा फेला परेको छ ।

अब त फेरि म बिलौना गाउँदिन भन्छ
एकचोटी अन्तिम भोट दिनोस् न बाआमा, फेरि माग्न आउँदिन भन्छ
बूढो भो रे, अब त खुट्टा लाग्दैनन् रे
आराम गरेर बरु सहरमै बस्छ रे
विजयश्री लिन मात्र गाउँ आएको, भोलिपल्टै टाप कस्छ रे
मेरो यो जुनीको अन्तिम झोली भर्दिनोस् न भन्छ
एक भोट दिएर अब सदाको लागि बिदा गर्दिनोस् न भन्छ
के तपाईंको मनले पनि
जाओस्, मरोस्, अन्तिम एक भोट लगोस् जस्तो गरेको छ ?
एउटा मान्छे गाउँमा फेला परेको छ ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x