साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको कार्यक्रममा पुस्तक लोकार्पण

सुरभि साहित्य प्रतिष्ठानको १४२ औँ आख्यानवाचन, बाजुराम पौडेलको उपन्यास ‘प्रभावती’ र रञ्जु खनालको कथासङ्ग्रह ‘मृगतृष्णा’को लोकार्पण

Nepal Telecom ad

शनिबार, काठमाडौँ, २०७९ कात्तिक १९ । सुरभि साहित्य प्रतिष्ठानको १४२ औँ आख्यानवाचन शृङ्खलामा कथावाचन तथा अध्यक्ष बाजुराम पौडेलको उपन्यास ‘प्रभावती’ र रञ्जु खनालको कथासङ्ग्रह ‘मृगतृष्णा’को लोकार्पण भएको छ ।

सुरभि साहित्य प्रतिष्ठानका संरक्षक वरिष्ठ साहित्यकार विजय चालिसेको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार कणाद महर्षि प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरुमा कलानिधि दाहाल, हरिभक्त सिग्देल, संरक्षक युवराज मैनाली, संरक्षक गोविन्द घिमिरे वेदमणि, गोपाल बराल, गङ्गा पौडेल कर्माचार्य, वसन्त रिजाल, अच्युत चालिसे, सुधिर खनाल र रामचन्द्र दाहाल हुनुहुन्थ्यो ।

प्रमुख अतिथिबाट दीप प्रज्वलन गरी विधिवत कार्यक्रमको उद्घाटन गरिएको यस कार्यक्रममा प्रतिष्ठानकी सदस्य मेनका पोखरेल आचार्यले स्वागत गर्नुभएको थियो । पहिले कथावाचन गरिएको यस कार्यक्रममा रामचन्द्र दाहाल, दाहाल कल्पना, शारदा पराजुली, गङ्गा पौडेल कर्माचार्य र सत्या अधिकारीले कथा वाचन गरेका थिए ।

राजेशमान केसीले निबन्ध वाचन गरेका थिए भने कथावाचनपछि पुस्तक लोकार्पण गरिएको थियो । रञ्जु खनालको कथासङ्ग्रह मृगतृष्णाको समीक्षा कलानिधि दाहालले गर्नुभएको थियो भने बाजुराम पौडेलको उपन्यास प्रभावतीको समीक्षा हरिभक्त सिग्देलले गर्नुभएको थियो ।

अन्य अतिथि वक्ताहरु संरक्षक गोविन्द घिमिरे वेदमणि, गोपाल बराल, संरक्षक युवराज मैनाली हुनुहुन्थ्यो । प्रमुख अतिथिले वाचित कथाका विषयमा र लोकार्पित पुस्तकहरूको विषयमा छोटो टिप्पणी गर्दै आफ्नो अति छोटो लघुकथा वाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका उपाध्यक्ष परशुराम परासरले गर्नुभएको थियो ।

०००
-परासर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x