साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले हाँस्नु हुँदैन

मेरो पैतालाले शिखर नाप्नु हुँदैन रे फेरि मेरो प्रयोजन, मात्र बचेरा कोरल्नु हो रे किनकि म आइमाई हूँ रे त्यसैले मैले ठूलो आवाजमा हाँस्नु हुँदैन ।

Nepal Telecom ad

नारदप्रसाद आचार्य ‘सुदामा’ :

म मुस्कुराएँ भने
साहुहरूको धितोमा
ग्रहण लाग्छ,
मैले पढेँ भने
समाजका धुरीहरूको
मस्तिष्कमा ढुसी पलाउँछ
मैले बोलेँ भने
देशका देउरालीहरू मेघ जस्तै गर्जन्छन्
अनि
मेरो पैतालाले शिखर नाप्नु हुँदैन रे
फेरि
मेरो प्रयोजन,
मात्र बचेरा कोरल्नु हो रे
किनकि म आइमाई हूँ रे
त्यसैले
मैले ठूलो आवाजमा हाँस्नु हुँदैन ।

०००
हेरिस्वर्ग, पेन्सिलभेनिया
संयुक्त राज्य अमेरिका ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x