बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

मैले हाँस्नु हुँदैन

मेरो पैतालाले शिखर नाप्नु हुँदैन रे फेरि मेरो प्रयोजन, मात्र बचेरा कोरल्नु हो रे किनकि म आइमाई हूँ रे त्यसैले मैले ठूलो आवाजमा हाँस्नु हुँदैन ।

Nepal Telecom ad

नारदप्रसाद आचार्य ‘सुदामा’ :

म मुस्कुराएँ भने
साहुहरूको धितोमा
ग्रहण लाग्छ,
मैले पढेँ भने
समाजका धुरीहरूको
मस्तिष्कमा ढुसी पलाउँछ
मैले बोलेँ भने
देशका देउरालीहरू मेघ जस्तै गर्जन्छन्
अनि
मेरो पैतालाले शिखर नाप्नु हुँदैन रे
फेरि
मेरो प्रयोजन,
मात्र बचेरा कोरल्नु हो रे
किनकि म आइमाई हूँ रे
त्यसैले
मैले ठूलो आवाजमा हाँस्नु हुँदैन ।

०००
हेरिस्वर्ग, पेन्सिलभेनिया
संयुक्त राज्य अमेरिका ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
श्वान सभा

श्वान सभा

घनश्याम रेग्मी
यो काठ माडौं

यो काठ माडौं

रमेश खकुरेल
बेइमान जाडो !

बेइमान जाडो !

गायत्री परिरोशनी
सत्ता

सत्ता

दिनेश अधिकारी
म खै के सुनाऊँ नयाँ हालचाल

म खै के सुनाऊँ...

केशवराज आमोदी