हेमराज पन्तमेरो आदर्श तिमी
मेरो आदर्श तिमी सबको सपना बनिदिए हुन्थ्यो । छिमेकीले पनि तिमीलाई आदर्शवान भनिदिए हुन्थ्यो ।

किशोर ढुङ्गाना :
म सोच्छु तिमी हिँडने बाटोमा
सुगन्धित फुलहरू फुलिदिए हुन्थ्यो ।
तिमीले र मैले एउटै भोगेपनि
तिम्रो सोचाइमा यथार्थवाद भइदिए हुन्थ्यो ।
आँगनमा आएर कराउने कागले
तिम्रै शुभ समाचार ल्याइदिए हुन्थ्यो ।
अखबारले पानामा तिम्रै योजनाहरू
छरपस्ट्याइदिए हुन्थ्यो ।
तिमीले निकालेको सुर ढुङ्गामा
अरु डकर्मीहरूले खात मिलाइदिए हुन्थ्यो ।
तिमीले अज्माएको नापोमा
इज्जत ढाक्ने कपडा सिलाइदिए हुन्थ्यो ।
तिम्रा करकमल सेवामा
हरदम लागिदिए हुन्थ्यो ।
मेरो घरको चौघेरो यही हो
भन्ने होस् जागिदिए हुन्थ्यो ।
सुवास छर्ने इन्द्रकमल मात्र होइन
पानी पार्ने इन्द्र बनिदिए हुन्थ्यो ।
देखावटी र आडम्बर त्याग्ने मात्र होइन
संस्कृति र पहिचान अँगाल्ने बनिदिए हुन्थ्यो ।
असल काम हजार गर
यहाँ एक बिगार्दा काड्छन्
सबै उछितो
दृढ पथमा अदम्य लाग
होस् खुट्टा तान्नेलाई पनि पछुतो ।
होसमा लेख, दुई चोटी पढ
के लेखें मैले भनी
जोसमा औंलो ठड्याउँछन् यहाँ
धेर थोर बुझेका पनि ।
मेरो आदर्श तिमी सबको
सपना बनिदिए हुन्थ्यो ।
छिमेकीले पनि तिमीलाई
आदर्शवान भनिदिए हुन्थ्यो ।
०००
काठमाडौं ।
Subscribe
Login
0 Comments
Oldest






































